April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:५४
अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो ।

टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन ।

सार्वजनिक गरिएको टोलीमा एक दिनअघि समाप्त भएको एकदिवसीय विश्वकप टोलीबाट सूर्यकुमार, इशान किशन र प्रसिद कृष्णसहित ३ खेलाडीले मात्र स्थान पाएका छन् । विश्वकप खेलेका श्रेयस अय्यर अन्तिम दुई खेलमा टिममा समावेश हुने र उनलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । पहिलो ३ खेलमा रुतुराज गायकवाडलाई उपकप्तान बनाइएको छ ।

अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज नोभेम्बर २३ बाट सुरु हुँदैछ । पहिलो खेल विशाखापट्टनममा हुनेछ । दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ ।

भारतको टी- २० टिम: सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इशान किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिंगटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रशिद कृष्ण, आवेश खान र मुकेश कुमार ।

अष्ट्रेलियाको टी- २० टिम: म्याथ्यू वेड (कप्तान), जेसन बेहरेनडोर्फ, सीन एबोट, टिम डेभिड, नाथन एलिस, ट्राभिस हेड, जोस इंग्लिस, केन रिचार्डसन, ग्लेन म्याक्सवेल, तनवीर सांघा, म्याट सर्ट, स्टिभ स्मीथ, मार्कस स्टोइनिस, एरोन हार्डी र एडम जाम्पा ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट