April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

नेसपाको केन्द्रीय बैठक बस्दै

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:0८
नेसपाको केन्द्रीय बैठक बस्दै
  • समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बस्दै
  • भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय
  • सङ्गठन सुदृढीकरण, विधान संशोधन लगायत विषयमा पनि छलफल हुने

काठमाडौँ ।।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समिति बैठक बस्दै छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक बस्न लागेको हो । बिहान ११ बजे भक्तपुरको जडीबुटीमा बस्न लागिएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् । ‘बैठकले माओवादीसहित विभिन्न वामपन्थीसँग एकताको प्रस्ताव पारित गर्ने छ । यीबाहेक सङ्गठन सुदृढीकरण, विधान संशोधन लगायत विषयमा पनि छलफल हुनेछ’, उनले भनिन् ।

मङ्गलवार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय भएको थियो । यसअघि माओवादीसँग एकता गर्ने-नगर्ने विषयमा अध्यक्ष द्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच मतभेद देखिँदा समस्या आएको थियो । यस्तै माओवादीसँग एकता गर्नका लागि नेसपाले भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । जसमा अर्का अध्यक्ष महिन्द्र, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष सोव र महासचिव रमेश यादव रहनेछन् ।

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट