April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

मंसिर ७ को प्रदर्शनलाई राष्ट्रिय मानवअधिकारले अनुगमन गर्ने

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १५:१९
मंसिर ७ को प्रदर्शनलाई राष्ट्रिय मानवअधिकारले अनुगमन गर्ने
  • मंसिर ७ गतेको प्रदर्शन राष्ट्रिय मानवअधिकार आयोगले गर्ने
  • सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र
  • हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल हुने 

काठमाडौं ।।

राष्ट्रिय मानवअधिकार आयोगले मंसिर ७ गते (भोलि) गरिने प्रदर्शनको अनुगमन गर्ने भएको छ । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै आयोगका अध्यक्ष तपबहादुर मगरले यस्तो बताएका हुन् । व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको छुट्टाछुट्टै प्रदर्शनका क्रममा हुन सक्ने सम्भावित घटनाको निरीक्षण गर्न भन्दै आयोगलाई ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष मगरले आयोग टोलीले प्रदर्शनको निरीक्षण गर्ने बताए । उनले कुनै किसिमबाट हिंसा भड्कन नदिन आयोगबाट सक्दो पहल गरिने उल्लेख गरे ।

“कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन गर्नु हुँदैन । त्योअनुसार हामी अघि बढ्नुपर्छ । अब कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौँ । हुन नदिनेतिर हामी लाग्छौँ । सम्बन्धित निकायलाई आह्वान गर्दछौँ । सम्बन्धित निकायलाई सक्रिय बनाउँछौँ,” उनले भने, “मानवअधिकार आयोगले गर्नुपर्ने मानवअधिकार संरक्षण, सम्वर्द्धन, प्रवर्द्धन हामी गर्नेछौँ । जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगोलगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।”

 

 

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १५:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट