May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सरकारलाई लिङ्देनको चेतावनी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:0१
सरकारलाई लिङ्देनको चेतावनी
  • राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिए
  • कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाए
  • धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने दाबी गरे

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिएका छन्। शुक्रबार सरकारले दुर्गा प्रसाईंमाथि सरकारले अघोषित नजरबन्द गरेको र तीनकुनेमा कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाएका हुन्।सरकारले अलोकतान्त्रिक तथा जनताको मौलिक हकविरुद्धका काम भएको उनको भनाई छ। उनले धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने दाबी गरेका छन्। ‘शान्तिपूर्ण ढङ्गले हिंडडुल गर्न, भेला हुन् र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरित आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन्।’  ‘धरपकड र कुनैपनि प्रकारको दमनले समस्याको समाधान निस्कदैन। सरकारले आफूलाई तत्काल सच्याओस् !’

प्रहरीको कडा सुरक्षा घेरामा रहेका मेडिकल व्यवसायी प्रसाईंले बिहीबारदेखि काठमाडौंमा जारी प्रदर्शन कायम रहने बताउँदै आएका छन्। भक्तपुरको ठिमीस्थित निवासमा शुक्रबार बिहान पत्रकारहरूसँग आफ्नो आन्दोलन नरोकिने पुन दोहोर्‍याएका थिए। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आज तीनकुनेमा कार्यक्रम गर्ने उद्घोष गरेपछि प्रसाईंले आफूलाई सरकारले आज ‘नजरबन्द’मा राखेको आरोप लगाएका छन्। अहिले भक्तपुरस्थित उनको निवास वरपर बाहिर ठूलो संख्यामा प्रहरी उपस्थित छ।

प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकड गरेको हो। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ। तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधरण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ। आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन्।

तीनकुनेको पेट्रोल पम्प नजिकै जम्मा भएका १०/१५ जनाको समूहलाई सिंनामगलतर्फ फर्काएको छ भने प्रहरी पनि उनीहरुको पिछा गर्दै गएको छ। तीनकुने क्षेत्रमा रहेका चिया पसलहरुमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ। कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधरणलाई त्रसित बनाएको छ। स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला/जम्मा हुन नदिने प्रशासनले जनाएको छ। नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट