May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:४३
सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख
  • तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको
  • सूचनाका आधारमा दुई दिनअघिदेखि  सबै  परिचालित भएको
  • प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको 

काठमाडौं ।।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको उनले बताएका छन् । शुक्रबार कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेर पाण्डेले भने, ‘त्यही सूचनाको आधारमा हिजो पनि प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ गरेका थियौं ।’

उनका अनुसार, भन्सार र प्ररहीको संयुक्त टोलीले विमानस्थलमा आउने र जाने शंकास्पद व्यक्तिहरुलाई निगरानी गरिरहेको थियो । ‘अघिल्लो दिन पनि केही विमानलाई अनुसन्धानको दायरामा ल्याएका थियौं, तर सुराकी अनुसार मालवस्तु फेला परेको थिएन’, पाण्डेले थपे, ‘हिजो १० केजीजति सुन प्राप्त हुने सुराकीका आधारमा दिउँसोदेखि परिचालित थियौं, राति १४ किलो फेला पर्‍यो ।’

त्यसक्रममा विमानस्थल भन्सार कार्यालयले बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको जहाजमा आएका एक व्यक्तिलाई पक्राउ गरेर १४ किलो सुन बरामद गरेको छ । पाण्डेका अनुसार, फ्लाई दुबईको उडा नं. एफजेड ५७३ बाट आएका रसुवाका चन्द्र घलेलाई भन्सारका अधिकारी र प्रहरीले विमानभित्रै पक्राउ गरेका थिए ।

‘उनीसँग सुन छ भन्ने यकिन भएपछि त्यहीँ नियन्त्रणमा लिएर एक्सरेमा ल्याएका थियौं’, उनले भने, ‘त्यसक्रममा उनले छातीको दायाँ बायाँ लगाएको ज्याकेटभित्रका खल्तीमा दुई/दुई किलोको ७ वटा सुनको विस्कुट फेला पर्‍यो ।’ उनीसँग सोधपुछ गर्ने क्रममा उनले सुन गोरखाका मिनबहादुर घलेका लागि ल्याइदिएको बयान दिएका थिए । त्यसको आधारमा प्रहरीले घलेलाई पनि पक्राउ गरेको पाण्डेले बताए । छानबिनका लागि भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति समेत गठन भएको छ ।

समितिमा नेपाल प्रहरीका डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य छन् । उनीहरुलाई ५ दिनभित्र छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको सहसचिव पाण्डेले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारै रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन समेत बरामद गरेको छ । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झन्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केहीअघि विमानस्थलको सबै सुरक्षा जाँच पार भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् । सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले प्रकरणका आरोपीहरुको अहिले बयान लिइरहेको छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० १४:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।