sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बलिङमा नेपालको उत्कृष्ट सुरुआत

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १२:२७
बलिङमा नेपालको उत्कृष्ट सुरुआत
  • अफगानिस्तानविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत
  • नेपालका हेमन्त धामीले दुई विकेट लिए
  • अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्ने

काठमाडौं ।।

एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानविरुद्ध बलिङमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा टस जितेर फिल्डिङ गरिरहेको नेपालले पहिलो १० ओभरमा अफगानिस्तानको तीन विकेट लिएर खेलमा पकड बनाएको छ । १० ओभरको समाप्तिमा अफगानिस्तानले तीन विकेट गुमाएर ४४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले पहिलो विकेट दिलाएका थिए । त्यसपछि नेपालका हेमन्त धामीले दुई विकेट लिए ।

प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ । दुवै टिम आज पहिलो जितको खोजीमा छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो । यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग सात विकेटले नै पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंसिर २६ गते मंगलबार भारतसँग खेल्नेछ । आईसीसी एकेडेमी ओभर–२ मा हुने यो खेल बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाएका छन् । समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । दुवै सेमिफाइनल खेल मंसिर २९ गते हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुस १ गते हुनेछ । गत अक्टोबरमा भएको छनोटबाट नेपाल, यूएई र जापानले शीर्ष तीन स्थान हासिल गर्दै एसिया कपमा स्थान बनाएका हुन् । नेपाल प्रिमियर कपको विजेता, यूएई उपविजेता र जापानले तेस्रो स्थान सुरक्षित गर्दै यूएईको टिकट काटेका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, मंसिर २४, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid