April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १४:१७
म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा
  • अभिनेत्री रेखा थापाको योजना
  • सामाजिक सञ्जालमा भाइरल 
  • चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा 

काठमाडौं ।।

अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क छ । तर रेखा थापा व्यक्ति पनि भएको र उनको निजी अधिकारलाई सम्मान गर्नुपर्ने कतिपयको मत छ ।

टाइमलाइनमा चलेको यो बहसमा रेखाले प्रतिक्रिया दिएकी छन् । उनले आफू चन्द्रमामै गए पनि कसैले टाउको दुखाउन नपर्ने तर्क गरेकी छन् । एक भिडियो कुराकानीमा रेखाले अमेरिकामै बेबी प्लान गर्ने योजना आफ्नोभन्दा पनि श्रीमानको अधिकार र रुचिमा आधारित रहेको बताएकी छन् ।

रेखा भन्छिन् :

श्रीमानको पनि इच्छा हुन्छ होला । उसले आफ्नो व्यवसाय भएको ठाउँ । घरपरिवार भएको ठाउँ लैजान खोज्दैन त ? सन्तान त्यही जन्म भएको हेर्न चाहँदैन होला त ? मेरो मात्र अधिकारको कुरा हुँदैन त ? अर्को कुरा यो भ्याकेसनको कुरा हो । म पेट बोकेकै कारणले जान पाउँदिन होला त ?

मेरो बच्चा १८ वर्ष पुगिसकेपछि ऊ कहाँको नागरिक बन्ने उसको कुरा हो । १८ वर्ष पुग्दा म मेरो बाबु आमाको देशको नागरिक बन्छु भनेर गर्व गर्ने वातावरण सिर्जना पो मैले गर्ने हो त । मैले बच्चा जहाँसुकै जन्माए पनि त्यो सरोकारकै कुरा होइन । १८ वर्षपछि त्यो बच्चाको अधिकारको कुरा हो । मेरो राइटको कुरा हैन ।

रेखा थापाले के गर्छे त्यो महत्वपूर्ण हो । म मेरो देश छाडेर कहीं पनि गएको छैन । म मेरो देशमा बस्ने हो । मैले मेरो देशमा काम गर्ने हो । उनीहरु कहाँ जान्छन्, त्यो उनीहरुको कुरा हो । उनीहरुलाई मैले पखेटा काट्ने मेरो अधिकार छैन ।

 हरेक पुरुषले आफ्नो परिवार, आफ्नो आमाबाबुसँगै सन्तान जन्मियोस् भन्ने चाहन्छ । माइतीमा जन्माउने चलन त छैन होला नि हाम्रो त । यो विषयमा कोही पनि त्यति धेरै फुर्सदिलो नबन्नुस । यो अनावश्यक कुरा हो । माइ लाइफ, माइ च्वाइस । मेरो मात्र च्वाइसको कुरा हुँदैन, मेरो श्रीमानको पनि कुरा हुन्छ । म चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन ।’

रेखा गत बुधबार श्रीमान बलराम शाहीसँगै अमेरिका प्रस्थान गरेकी थिइन् । चिकित्सकले माघ अन्त्य वा फागुन पहिलो साताको डेलिभरी डेट दिएका छन् । फागुनमै उनको फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । फिल्मको भर्चुअल प्रचार गर्ने उनको तयारी छ ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १४:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट