April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

मन्त्रिपरिषदद्वारा बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने निर्णय

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १२:१२
मन्त्रिपरिषदद्वारा बागमतीका १० अस्पताल स्तरोन्नति गर्ने निर्णय
  • बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गर्यो 
  • १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत
  • सार्वजनिक विश्वविद्यालय पनि बनाउने निर्णय

काठमाडौं ।।

प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ ।

साथै स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरुको संगठन संरचना स्वीकृत पनि गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० बेडमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । यसैगरी धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवन १०० बेडमा स्तरोन्नती हुने छन् । सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०-५० बेडमा स्तरोन्नती हुने छन् ।

प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६६९ जना (प्राविधिक सहित) कर्मचारीहरूको संगठन संरचना स्विकृत गर्दै हाल सञ्चालनमा रहेका १० प्रदेश अस्पतालहरूको स्तरोन्ती गर्ने निर्णय गरेको मुख्यमन्त्री जमकट्टेलले जानकारी दिए । बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को पुस ३ गतेकै बैठकले मकवानपुर बहुमुखी क्याम्पस हेटौंडालाई बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय बनाउने निर्णयसमेत गरेको मुख्यमन्त्री जमकट्टेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।

 

 

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० १२:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट