May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ?

ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:४७
ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि
  • पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेकोमा रविको टिप्पणी
  • इमान भएका साथीहरुको राम्रो टिम छ, हामीलाई विश्वास गर्नुस्
  • सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए

काठमाडौं।। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलबाट पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेको टिप्पणी गरेका छन्। स्याङ्जाको भीरकोटमा शुक्रबार आयोजित खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावमा रक्सी, मासु र पैसाको प्रलोभनमा नपर्न आग्रह गरे।  ‘हिजो चप्पल पड्काएका आएकाहरू पाँचतारे होटलमा ठूलठूला व्यापारीले झैं विवाह ब्रतबन्ध भोज भतेर गर्न सक्ने भए। जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए। यही हो जनता हारेको।’

‘यति हार्दा पनि तपाईंहरूको चेत खुलेको छैन। चुनावका बेलामा एक प्लेट मासु, एउटा रक्सीको बोतल र हातमा केही पैसाको बिटो बोकेर तपाईलाई किन्न अझै पनि मानिसहरू आउँछन्। तपाईँ बिक्न तयार हो भने म आउँदिन मेरो केही लाग्दैन। खुट्टा दह्रो टेक्छौं, बिक्दैनौं । घण्टी बजाउँछौं भन्ने हो भने इमान भएका साथीहरुको राम्रो टिम छ । हामीलाई विश्वास गर्नुस्।’

रास्वपाले चुनावमा परलोक भइसकेका, विदेश गएकाहरूको नाम खोज्ने र पैसाको बिटो बोकेर मतदाता किन्न खोज्नेलाई रास्वपाले उम्मेदवार नबनाउने पनि लामिछानेले बताए। अहिलेका ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठ गरिरहेका भन्दै विकास निर्माण र सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्