काठमाडौँ।।
मकवानपुरमा सडेको अवस्थामा एक शव फेला परेको छ। बकैया गाउँपालिका-२ स्थित सरस्वती सामुदायिक वनको भीर तल एक पुरुषको शव फेला परेको हो। शनिबार सरस्वती सामुदायिक वनको वतासेडाँडास्थित भीरबाट करिब ३ सय मिटर तल एक जना करिब ६०-६५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको हो।
अपरिचित व्यक्ति मृत अवस्थामा रहेको भन्ने खबर त्यही वडाका वडाध्यक्षले दिएपछि इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए। शवलाई हेटौँडा अस्पतालमा ल्याएर घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवको शनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए।