May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:५२
‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने
  • ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो
  • यो साताबाट छायांकन सेट ज्वाइन गर्ने
  • फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने

काठमाडौं ।।

चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक पन्तका अनुसार संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ पनि फिल्ममा अनुबन्धित भएका छन् । फिल्ममा यसअघि नै ‘गजनी’ अभिनेता प्रदीप रावतदेखि नेपाली कलाकारहरु सरोज खनाल, बिपना थापाजस्ता चलेका नामहरु जोडिएका छन् ।

‘सकेसम्म सानो रोलमा पनि नाम चलेका कलाकारलाई जोडौं भन्ने हाम्रो उद्देश्य हो’ कास्टिङबारे निर्देशक पन्तले भने । यो फिल्मबाट डेढ दशकपछि बिपनाले पुनरागमन गर्दैछिन् । उनको भागको छायांकन केही दिनमा हुनेछ । बलिउड अभिनेता रावत पनि केही दिनमा नेपाल आउँदैछन् । फिल्मको दोस्रो चरणको छायांकन एक महिनासम्म नवलपरासी, चितवन र सौराहामा चल्ने जनाइएको छ । तेस्रो चरणको छायांकन फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा गर्ने योजना छ । अभिनेता नीता ढुंगानाको फिल्म कम्पनी नीता ढुंगाना फिल्म्सको ब्यानरमा यो फिल्मको सुटिङ भैरहेको छ । यो फिल्मलाई हलसँगै चर्चित भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्माताको तयारी छ ।

 

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १४:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट