May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा निर्वाचन भएको दुई वर्षपछि पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश सुनको मूल्य बढ्यो उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै कस्तो छ आजको मौसम ? विनवार्ड्सविरूद्धको पहिलो अभ्यासमा नेपाल ४ विकेटले विजयी सदको अवरोध हटाउनेबारे प्रधानमन्त्री र सभामुखबीच छलफल नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:0८
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भर्नेलाई ३० कित्ता र भाग्यमानीलाई ४० कित्ता पर्यो
  • हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भयो 
  • कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाए
  • थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई पर्यो 

काठमाडौं ।।

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज (बुधबार) बाँडफाँट भएको छ । कम्पनीको आईपीओ बिहान १० बजे बालुवाटारस्थित ताज रिसेप्सनमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओ ३० कित्तासम्म भर्ने सबैले पाएका छन् । त्यस्तै थप १० कित्ता गरी ४० कित्ता ९६ हजार ५३८ जना भाग्यशाली लगानीकर्तालाई परेको छ ।

कम्पनीको आईपीओमा १५ लाख ७३ हजार ४९० जनाले आवेदन दिएका थिए । तर, आठ हजार ६५५ जनाको आवेदन रद्द भएको थियो । १५ लाख ६४ हजार ५६४ जनाले १० कित्तादेखि ४० कित्तासम्म आईपीओ पाएका छन् । कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १२:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।