April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

गंगालाल अस्पतालको निर्देशकमा डा. रवि मल्ल नियुक्त

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १४:५0
गंगालाल अस्पतालको निर्देशकमा डा. रवि मल्ल नियुक्त
  • निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिइयो 
  • डा. मल्लको  केही समय काम हेर्ने र थप निर्णय गर्ने 
  • केही समय मन्त्रिपरिषद्मा नाम सिफारिस नगर्ने मन्त्री बस्नेतको योजना

काठमाडौं ।।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकको जिम्मेवारी डा. रवि मल्ललाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मंगलबार डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् । “उहाँले भर्खरै आएर निमित्तको पत्र बुझेर जानुभयो, कार्यकारी को भन्ने अहिले टुंगो लागेको छैन,” मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको ति अधिकारीले बताए । हालसम्म कार्यकारी निर्देशकका लागि डा. मल्लसहित डा. अरुण मास्के र डा. रामेश कोइरालाको नाम मन्त्रालयको छलफलमा आइपुगेको थियो । केही समय निमित्तबाटै काम चलाउने र तत्काल मन्त्रिपरिषद्मा नाम सिफारिस नगर्ने मन्त्री बस्नेतको योजना रहेको मन्त्रीको सचिवालयका एक कर्मचारीले बताए ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १४:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट