sweet bonanza
February 19, 2026 | बिहिबार, फाल्गुन ८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १५:0६
सर्वोच्चको आदेश विपरीत परीक्षा लिन लागेको भन्दै विरोध
  • सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध
  • विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी
  • पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग

काठमाडौं ।।

नेपाल खुला विश्वविद्यालय कानुन संकायका विद्यार्थीले सर्वोच्चको आदेश विपरीत बार काउन्सिलले परीक्षा सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ गते बार काउन्सिललाई खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशपछि काउन्सिलले यसअघि घोषित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै खुला विश्वविद्यालयका विद्यार्थीलाई माघ २६ र २७ मा छुट्टै परीक्षा सञ्चालन गर्ने गरी सूचना जारी गरेको छ ।

उक्त सूचना सच्याउन विद्यार्थीले काउन्सिलमा गरेको माग सम्बोधन नभएपछि अदालतको अवहेलना मुद्दा दायर गर्न लागेका छन् । “सर्वोच्चको संवैधानिक इजलासले बार काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई संलग्न गराउन अन्तरिम आदेश जारी गरेको हो । एउटै उपाधिका लागि हामीलाई छुट्टै परीक्षा सञ्चालनका लागि होइन,” खुला विश्वविद्यालयका काुननका विद्यार्थी कृष्णमुरारी पुडासैनीले सँग भने, “एउटै परीक्षा फरक फरक प्रश्नपत्रमा गराएपछि टपर को हुन्छ ? फेरि हामीमाथि आग्रह राख्ने र सहभागी नै हुन नदिने निर्णय गरिसकेको परीक्षा समितिबाट कसरी निष्पक्ष परीक्षा सञ्चालन हुन सक्छ ?”

उनले त्यही कारण वर्तमान परीक्षा समितिका सबै पदाधिकारीले राजीनामा दिनुपर्ने र नयाँ परीक्षा समिति गठन हुनुपर्ने माग गरेको बताए । काउन्सिलले यही पुस १३ र १४ गते गर्न लागेको परीक्षा रोक्नु पर्ने वा एक घण्टा समय सारेर भए पनि आफूहरूलाई पनि सहभागी गराइनुपर्ने उनीहरूको माग छ ।  सर्वोच्च अदालत संवैधानिक इजलासले यही पुस ६ गते काउन्सिलको परीक्षामा खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वमा न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना रहेको संवैधानिक इजलासले खुला विश्वविद्यालयका विद्यार्थीहरूलाई समेत परीक्षामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

“नेपाल खुला विश्वविद्यालय ऐन २०७३ स्थापित विश्वविद्यालयबाट सञ्चालित शैक्षिक कार्यक्रमबमोजिम उपाधि प्राप्त व्यक्तिहरूलाई नेपाल कानुन व्यवसायी परिषद् (कानुनी शिक्षा) नियमावली, २०७७ जारी (२०७७/१२/०१) हुनुभन्दा अगाडिदेखि नै कानुनको स्नातकको अध्ययन कार्यमा संलग्न रही उपाधि हासिल गरेको व्यक्तिको हकहितमा प्रतिकूल असर पर्नेगरी नियममा अन्यता सर्तहरू राखी परीक्षामा सामेल हुन दिनबाट बञ्चित गर्नु मनासिव देखिएन,” संवैधानिक इजलासको आदेशमा भनिएको छ, “तसर्थ, नेपाल कानुन व्यवसायीबाट मिति २०७९/०४/१९ मा भएको निर्णय प्रस्तुत रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु तथा निवेदनमा माग भए बमोजिम दरखास्त लिई परीक्षामा सामेल हुन दिनु दिलाउनु भनी सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।”

तर, बार काउन्सिलले भने पुस ८ गतेको बैठकमा तोकिएका परीक्षा तोकिएको मितिमै सञ्चालन हुने र खुला विश्वविद्यालयका विद्यार्थीको हकमा आवश्यक व्यवस्थापकीय तयारी पछि निर्णय गर्ने गरी सूचना प्रकाशित गरेको छ । त्यहीअनुसार अर्को सूचना प्रकाशित गरी माघ २६ र २७ गते काठमाडौं उपत्यकामा परीक्षा सञ्चालन हुने भन्दै आवेदन फारम अनलाइन माध्यमबाट भर्न भनेको छ । त्यसविरुद्ध विद्यार्थीहरू अदालतको अवहेलनाको निवेदन लिएर पुनः सर्वोच्च पुगेका हुन् ।

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १५:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid