July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:४0
यती एयर दुर्घटनाको गल्ती औंल्याउँदै आयोगले बुझायो प्रतिवेदन
  • यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्ष
  • दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझायो 
  • राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरेर निष्कर्षमा पुगेको खुलाशा 

काठमाडौं ।।

१ माघ २०७९ मा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीबार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ । यती एयरलाइन्सको एटीआर ७२ ९एन-एनएनसी जहाज दुर्घटनामा परी ७२ जनाको निधन भएको थियो । यस दुर्घटनामा चालक दलको कमजोरी रहेको दुर्घटना जाँच आयोगको निष्कर्ष रहेको छ । नेपाली आन्तरिक हवाई उडानको यो सबैभन्दा विनासकारी दुर्घटना हो ।

दुर्घटनाको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । त्यस अवस्थामा जहाज अगाडि बढ्न सक्दैन । जसले गर्दा जहाज भुँइमा झरेको थियो । यसो हुनुमा मानवीय कारण दोषी मानिएको छ । आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र सोहीकारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताए । यस पटक दुर्घटना जाँच आयोगमा धेरै राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरु परिचालन गरी अध्ययन गरिएको समेत उनले जानकारी दिए ।

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट