May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो : ३८ जनाको उद्वार

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० 0८:५२
त्रिशुलीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो : ३८ जनाको उद्वार

धादिङ – धादिङको घाटबेँसीबाट त्रिशुली नदिमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारकाे लागि काठमाण्डाै लगिएकाे तथा तथा अरुहरुकाे भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएकाे छ ।

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।

त्रिशुली नदीमा बस छत मात्रै देखिएको अवस्थामा डुबेको छ । दुर्घटनापछि घाटबेँसीका स्थानीयबासिन्दा, इलाका प्रहरी कार्यालय गजुरी, ससस्त्र प्रहरीलगायतले घाइतेहरुको उद्धार गरेका छन् ।

सशस्त्र प्रहरी, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा खटिएको छ । बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० 0८:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट