May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ? संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ

पाकिस्तानमा पुन : आक्रमण

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १२:३0
पाकिस्तानमा पुन  :  आक्रमण

पाकिस्तानको बलुचिस्तान प्रान्तको तुर्बातमा अतिवादी आक्रमण भएको छ। यो इरानसँग सीमा जोडिएको क्षेत्र हो।

मकरन डिभिजनका कमिश्नर सईद इमरानीले यसको पुष्टि गर्दै सोमबार राति एयरपोर्ट नजिकै आक्रमण भएको बताएको बीबीसीले जनाएको छ।
चारदेखि छ जना आक्रमणकारीले तीन स्थानबाट एयरपोर्टलाई निशाना बनाएको समाचारमा उल्लेख छ। यद्यपि आक्रमणकारीहरू नौसेनाको एयरबेसमा भने पुग्न सकेनन्।क्वेटाका एक वरिष्ठ अधिकारीले भने- ‘आक्रमणकारीहरू तुर्बत एयरपोर्टमा प्रवेश गरेका थिए। तर, सुरक्षा बलहरूले उनीहरूको षड्यन्त्र विफल पारेका छन्।’ प्रतिबन्धित चरमपन्थी संगठन बीएलएको माजिद ब्रिगेडले यस हमलाको जिम्मेवारी लिएको छ।

एक साताभित्र बलुचिस्तानमा यस चरमपन्थी संगठनले गरेको यो दोस्रो आक्रमण हो। यसअघि ग्वादर जिल्लामा बन्दरगाह प्राधिकरण कम्प्लेक्समा आक्रमण भएको थियो।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र १३, २०८० १२:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।