राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा दुर्गा प्रसाईँको बडीगार्डबाट फेला परेको हतियारको विषय उठेको छ।
विशेषगरि एमाले सांसदहरू रघुजी पन्त र कृष्णगोपाल श्रेष्ठले यस विषय अत्यन्त गम्भीर विषय भएकाले यसबारे गृह मन्त्रालयले के गरिरहेको छ भनेर प्रश्न उठाएका थिए। यसबारे प्रहरी महानिरीक्षक वसन्त कुँवरले हतियारको अनुमति पाएको विषयबारे प्रहरीले छलफल गरिरहेको र अदालतबाट आएको आदेशलाई समेत मध्यनजर गरेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएका थिए।
गृहमन्त्री रवि लामिछानेले समेत प्रसाईँको बडीगार्डबाट बरामद भएको हतियार र त्यसबारे भइरहेको अनुसन्धान प्रक्रियाबारे जानकारी गराएका थिए।