April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले बढ्याे सेयर बजार दोहोरो अंकले घट्यो सुदूरपश्चिमको मुख्यमन्त्रीमा दावी पेश गर्दै सोडारी एमाले र माओवादीले कोशीमा पेश गरे संकल्प प्रस्ताव सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी अशोक दर्जीलाई लिएर ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ फिल्म बनाउदै मनकामना केबलकार भोलि बन्द हुने कोशीका मुख्यमन्त्री कार्की अल्पमतमा : ६० सांसद प्रतिपक्षमा बस्दा सत्तापक्षमा ३३ जनामात्रै मोरङमा भेला र प्रदर्शन गर्न रोक शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत ‘मनसरा’को ट्रेलर सार्वजनिक एन्फा उपाध्यक्ष दावा लामा छुटे एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने सुनको मुल्य घट्यो ; कतिमा हुदैछ कारोवार ? लुम्बिनीमा मन्त्रीमण्डल बिस्तार,आज शपथ स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही हुने धनुषामा एक सय ५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद

दक्षिण अफ्रिकामा र नेदरल्याण्ड्सले नेपालसंग खेल्दै

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १0:४१
दक्षिण अफ्रिकामा र नेदरल्याण्ड्सले नेपालसंग खेल्दै

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको छ । टोलीले बिहीबार आज देखि (जुन १-७) सम्म त्यहाँ प्रशिक्षण गर्नेछ । यस्तै नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भएपनि ओडीआई मान्यता भने हुने छैन ।

क्यानले दक्षिण अफ्रिकामा नेपालले अन्य खेलका लागि समेत प्रयास गर्ने जनाएको थियो । तर दुई खेल मात्र खेल्ने तालिका सार्वजनिक गरेको छ । दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मै पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका पनि छन् । नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् । दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १८, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।