May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १३:११
नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द

काठमाडौँ। नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तीन टी–२० शृंखलाअन्तर्गत पहिलो खेल वर्षको कारण रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको खेल दिउँसो १ बजेबाट शुरू हुने थियो। तर, बुधबारदेखिको वर्षाको कारण खेल टससमेत नभइ रद्द भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

‘नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको पहिलो टी–२० खेल आउटफिल्ड भिजेको कारण रद्द भएको छ,’ क्यानले भनेको छ। भ्रमणमा रहेको आयरल्यान्ड उल्भ्सले यसअघि सिनियर टोलीसँग दुई खेलको टी–२० शृंखला खेलेको थियो।

कमजोर प्रदर्शन गरेको आयरल्यान्ड उल्भ्स पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । यस्तै, दोस्रो खेलमा पनि नेपालले दबदबा कायम राख्दै ७१ रनको जित हासिल गरेर शृंखला २–० ले आफ्नो पक्षमा बनाएको थियो।

नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्ससँग दोस्रो खेल शुक्रबार खेल्ने छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० १३:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।