November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापाको दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० 0७:१0
झापाको दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति

झापाको दमकस्थित लाइफलाइन हस्पिटल छेउमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । लाइफलाइन हस्पिटल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटेलबाट हिजो साँझ ७ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीबाट प्रेमबहादुर धिमालको ९२ लाख बराबरको क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन हस्पिटलको डाइलिसिस गर्ने मेशिनमा क्षति पुगेको छ । त्यसबाट डेढ करोड बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै मेघबहादुर तामाङको रुवि होटेलमा पनि क्षति पुगेको छ । तामाङको करिब १६ लाख बराबरको क्षति भएको छ । अर्को घरमा पनि क्षति पुग्दा करिब दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।

दमक,कमल , गौरादह र पथरीको दमकल ,स्थानीय र प्रहरीको सहयोगमा राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० 0७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्