काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो ।
गत ०८० जेठदेखि महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षको पद रिक्त थियो । दलहरूबीच संवैधानिक नियुक्तिमा सहमति नजुटेकाले महालेखापरीक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको थिएन । निकै लामो समयपछि संवैधानिक परिषद्ले महालेखापरीक्षकको टुंगो लगाएको थियो ।
महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।