November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:३८
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०/०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएका कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका प्रतिवादीहरुले हिसाबमा १ सय ४१ बर्ष ६ महिना २ दिन कैद भुक्तान गर्नुपर्ने झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरुमध्ये गत फागुन पहिलो सातादेखि हाल सम्म ६६ बर्ष ०४ महिना ०३ दिन कैद, ४२ लाख ४६ हजार १९७ बिगो जरिवाना कायम भएका १८८ जना फरार प्रतिबादीहरु समेत पक्राउ परेको प्रवक्ता चन्दले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २४, २०८१ १६:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्