काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले विघटन गरेको निर्णय सही थियो भन्ने लाइनमा फेरि जान चाहनुभएको छ’ शाहीले भने
संसद् चल्न नदिएर प्रतिनिधि सभालाई विघटनतर्फ लैजान एमाले अध्यक्ष ओली उद्यत रहेको उनको आरोप छ ।
‘उहाँलाई स्पष्ट थाहा छ । संसद् अवरुद्ध भएर बजेट आएन भने संसद् विघटन हुन्छ । त्यसैको भूमिका खेल्नुभएको हो,’ शाहीले भने ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले