sweet bonanza
February 15, 2026 | आइतवार, फाल्गुन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २३, २०८१ १0:५३
टी–२० विश्वकपमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

काठमाण्डाै – आईसीसी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे पहिलाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएकाे छ ।

नेपालले दिएकाे १ सय ७ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायाे । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका साेमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बाेहराले समान १ विकेट लिए ।

यसअघि अमेरिकाकाे डालासमा रहेकाे ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयाे । नेपालका कप्तान राेहित पाैडेलले सबैभन्दा धेरै ३५ रनाए । यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जाेडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लाेगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।

अब नेपालले लिग चरणकाे दाेस्राे खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्राे जुन १५ मा दक्षिण अफ्रिका र चाैथाे तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।

यसैबीच समूह ‘बी’ मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचकाे खेल वर्षाका कारण नतिजाविहीन भएकाे छ । स्कटल्यान्डले १० ओभरमा १ विकेट पनि नगुमाई ९० रन बनाएकाे अवस्थामा खेल वर्षाका कारण नतिजाविहीन भएकाे हाे ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवाैँ संस्करणकाे प्रतियाेगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २३, २०८१ १0:५३

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid