सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनका क्रममा काठमाडौं भएका कारण कक्षा १२ को परीक्षाका विषयमा अनेक अड्कलबाजी हुँदै आएका समयमा राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोख्रेलले यस्तो बताएका हुन् । “कक्षा १२ को परीक्षाको सम्बन्धमा नयाँ निर्णय भएको छैन । पूर्वतालिकाअनुसार नै हुन्छ,” सूचना अधिकारी पोख्रेलले भने, “नयाँ निर्णय भयो र परीक्षा सरेको खण्डमा हामी हाम्रो आधिकारिक वेबसाइटमा सूचना प्रकाशित गर्छौँ ।”