May 7, 2025 | बुधबार, बैशाख २५, २०८२
सुचनाहरु
आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य केआईआईटीमा मृत भेटिएकी नेपाली छात्राले आत्महत्या नै गरेको कलेजको ठहर    कक्षा १२ को परीक्षा बैशाख २१ देखि नै हुने  केआईआईटीमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला अलैँचीबाट ६ अर्ब रकम भित्रीयो नेपाल पेस्तोल पड्काएकी जसपाकी नेतृले दिइन् यस्तो जवाफ  सरकारी चिकित्सकले  बिरामी जाँच्दा आफ्नो विवरण खुलाउनु पर्ने अब घरबाटै जागिर खोज्न मिल्नेगरि सरकारले ल्यायो यस्तो एप्स

अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २0:0१
अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी(केआइआइटी) मा एकपछी अर्को गर्दै नेपाली विद्यार्थीको मृत्युहुन थालेपछी राष्ट्रियसभाका सदस्यहरुले त्यहाँ विद्यार्थी पठाउन बन्द गर्नुपर्ने बताएका छन्। साथै उनीहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिएका छन्।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उनीहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराए।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गरिन्।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गरे।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी थिए।

  • साझा परिवेश
  • आइतवार, बैशाख २२, २०८२ २0:0१

प्रतिक्रिया

छुटाउनुभयो कि?