

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं– छठ पर्वको दोस्रो दिन, आज (शनिबार) खरना गरी मनाइँदै छ। यस दिन व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने गर्दछन्। कात्तिक शुक्ल तृतीयाका दिन ‘अरबा–अरबाइन’ र शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधि पूरा गरेका व्रतालुले कार्तिक शुक्ल पञ्चमीका दिन दिउँसो निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरवा चामलको खीर कूलदेवता र छठीदेवीलाई चढाएर […]
धनगढी । कैलालीको धनगढी मेनरोडस्थित सारथी अस्पतालमा भीषण आगलागी भएको छ । अहिले आगो नियन्त्रण लिइसकिएको अवस्था छ । धनगढी उपमहानगर-१ स्थित उक्त अस्पतालमा गएराति झन्डै १ बजेतिर आगलागी भएको हो । १५ शय्या र ४ आईसीयू रहेको अस्पतालमा १ जना बिरामी भर्ना भएका थिए । समयमै बिरामीको उद्दार गरिएकोले मानवीय क्षति हुन नपाएपनि उपकरणसहित […]
मोडलिग आज पनि युवावर्गलाई सपनाको संसार लाग्दछ तर अब यसलाई करियरका रूपमा पनि अपनाउन थालिएको छ । यस करियरमा पैसा, नाम, प्रसिद्धि र ग्ल्यामर सबै छन् । ठूलो संगतिमा क्याटवाक गर्ने युवायुवती पनि यही मोडलिग संसारका हिस्सा हुन् । अरु मानिस पनि यस संसारका हिस्सा बन्न सक्छन् । आवश्यकता छ त केवल आफूभित्र छुपेको प्रतिभालाई […]
के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र […]
सबैको मनमा एउटै सोचाई छ कि हामीले सेवन गर्ने कफी हाम्रो शरीरका लागि हानिकारक हुने गर्दछ । कफीमा एक प्रकारको रसायन हुन्छ जसले दिमागमा असर गर्छ भन्ने मान्यता रहेको छ । तर अध्ययनहरुले कफी सेवन गर्दा बिभिन्न फाईदा हुने कुरालाई उल्लेख गरेका छन् । कफी सही मात्रामा सेवन गर्नाले कलेजो सम्बन्धि जटिलता, फ्याटी लिभर र […]
काठमाडौं- अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको छ। इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसन र यूएस डिपार्टमेन्ट अफ स्टेट ब्युरो अफ एजुकेसनल एन्ड कल्चरल अफेयर्सले हालै सार्वजनिक गरिएको ‘ओपन डोर्स रिपोर्ट २०२३’ मा अमेरिकामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीमा ११औँ ठूलो संख्या नेपालीको रहेको देखाइएको हो। रिपोर्टका अनुसार शैक्षिकसत्र सन् २०२२/२३ मा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको […]
मेष– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अरूले फसाउन सक्छन्। हुलमुलमा धनमाल हराउन सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। वृष– समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा […]
विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा आफूहरूले नेकपा एमालेलाई सरकारबाट नबाहिरिन आग्रह गरेको बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले अहिले पनि कोशी प्रदेशमा एमालेलाई सरकारमा ल्याउने प्रयास भइरहेको बताउँदै बजेट आएपछि सरकारले पूर्णता पाउनेसमेत बताए। उनले अब पनि सहमतिको सरकार बनाउने प्रयास जारी रहेको धारणा राखे। नेता […]
तेल अबिब । राष्ट्रसंघले इजरायली हमला जारी रहँदा गाजास्थित प्यालेस्टिनी शरणार्थी शिविरको सेवा बन्द गर्नुपरेको जनाएको छ । राष्ट्रसंघको राहत कल्याण निकायले प्यालेस्टिनी शरणार्थीका लागि पनि इन्धन अभाव भएकाले सेवा बन्द गर्ने स्थिति आएको जनाएको हो । युद्ध क्षेत्रमा सञ्चार सेवासमेत अवरुद्ध छ । इजरायली सेनाले गाजा सहरको अल शिफा अस्पतालमा तेस्रो दिन पनि सैन्य […]
१ मंसिर, काठमाडौं । भक्तपुरको बाखामा स्थानीय बासिन्दाले प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन् । हिजो बिहीबार साँझ लोकन्थलीमा तेल बोक्ने ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिंदा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–४ ठुलो सिरुवारी घर भएर बालकोट बस्ने वर्ष ४१ का हरिशरण पुरीको ज्यान गएपछि उनका आफन्त र स्थानीय बासिन्दाले सडक अवरुद्ध गरेका हुन् । कोटेश्वरबाट भक्तपुरतर्फ आइरहेको […]
काठमाण्डाै – नेपालीहरुकाे दोस्रो ठूलाे चाड तिहारको सार्वजनिक बिदापछि देशभरका सरकारी कार्यालय खुले पनि आज चहलपहल भने कम भएको छ । तिहारको अवसरमा गएकाे कात्तिक २६ देखि ३० गतेसम्म सार्वजनिक बिदा परेको थियो । आज मङ्सिर १ गते शुक्रवार कार्यालय खुले पनि भोलि शनिवार बिदा र आइतवार छठ पर्वको सार्वजनिक बिदा परेकाले चहलपहल कम देखिएको […]
संयुक्त राष्ट्र सङ्घले गाजा क्षेत्रमा कुनै पनि राहतका सामग्री पुर्याउन नसकेको जनाएकाे छ । फोनसेवा नहुँदा कर्मचारीहरुसँग सम्पर्क गर्न र इन्धन अभावका कारण आज गाजामा कुनै पनि राहत सामग्री नलगेको राष्ट्रसङ्घले जनाएकाे हाे । राष्ट्रसङ्घको राहत एजेन्सीले फोन र इन्धनको सेवा प्राप्त भएमा राहत वितरणलाई नियमित गर्ने बताएको बीबीसीले जनाएको छ । विश्व खाद्य कार्यक्रमले […]