

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
एजेन्सी। निरन्तर उकालो लागेर ब्यारेलको १ सय डलर नजिक पुगेको कच्चा तेलको भाउ फेरि घट्न थालेको छ। बिहीबार विश्व बजारमा कच्चा तेलको मूल्य घटेर ७५ डलरमा झरेको छ। डब्ल्युटीआई क्रुडमा कच्चा तेलको मूल्य ब्यारेलको ७५.७२ डलरमा कारोबार भएको छ। यस्तै ब्रेन्ट क्रुडमा कच्चा तेल ब्यारेलको ७९.९५ र मुब्रान क्रुडमा ८०.८३ डलरमा कारोबार भएको आयल प्राइस […]
आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या खुकुरी प्रहार गर्ने रोशन खुकुरीसहित नियन्त्रणमा बुद्धशान्ति ।। झापाको बुद्धशान्तिमा गएराति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् । राति ११.२० बजेको समयमा बुद्धशान्ति-५ बस्ने अन्दाजी ३५ वर्षीय रोशन अधिकारी र उनका भिनाजु सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर कट्वालबीच घरायसी विवाद हुँदा रोशनले भिनाजु […]
एक महिनाको तलब भूकम्पपीडितलाई दिने सबैले भूकम्प पीडितका लागि १ महिनाको पारिश्रमिक दिने निर्णय काठमाडौं ।। प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् । “प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका […]
काठमाडौँ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । नेपाल पत्रकार महासंघका अनुसार प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुम पश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको हो । जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने […]
किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढायो प्रतिकेजी ९७ रुपैयाँमा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री काठमाण्डाै ।। साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गएकाे मङ्गलवारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्याएको हो। प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ […]
काठमाडौं– नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्राण्ड नाममा विक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्रगतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै […]
माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ तिहारमा माटामा पाला लगायतका भाँडाहरु मागअनुसार बनाउन समय मिलेन माटो अभावका कारण पाला बनाउन समस्या काठमाडौं ।। तिहार लागेसँगै भक्तपुरमा माटोको पाला बनाउन प्रजापति समुदायलाई भ्याईनभ्याइ छ । दशैँ सकिएसँगै तिहारको समय आएपछि भक्तपुरका प्रजापति समुदायलाई माटाका पाला तथा भाँडा बनाउन भ्याईनभ्याइ भएको हो । उनीहरुले यो वर्षको तिहारमा […]
सुर्खेत – मनाेविद्हरुले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुमा मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिएका छन् । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन मनोविद्ले सुझाव दिएका हुन् । भूकम्प प्रभावित क्षेत्रमा नागरिक मानसिकरुपमा विक्षिप्त रहेको उल्लेख गर्दै कर्णाली प्रदेश अस्पतालमा कार्यरत मनोविद् पूर्ण रावतले सरकारले त्यहाँ […]
नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुको सुनुवाइ स्थगित थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरुद्वारा बदर माग काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएकाहरुले ‘रिहा हुन पाऊँ’ भनी दर्ता गरेको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ स्थगित भएको छ ।जिल्ला अदालत काठमाडौंले मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउनु भनी आदेश गरेका आरोपितहरु त्यसको बदरको माग गरेर उच्च अदालत पुगेका थिए । […]
अनुहारमा मेकअप फाउन्डेसनबाट सुरु गरिन्छ। यो त्यस्तो प्रकारको हुन्छ, जुन अनुहारको रंगसँग घुल्न सक्छ। यो लाएपछि अनुहार अपेक्षा भन्दा बढी नै ग्लोइंग देखिन्छ। यसका साथै यो धेरै समय अनुहारमा टिक्छ। यसले अनुहारमा एउटा तह सिर्जना गर्छ। अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ। छालामा रहेका अक्सिजन लिने साना–साना प्वाल बन्द हुन्छन्। […]
गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै कुटपिट मुद्दा दायर भएदेखि फरार रहेका महतो अदालतमा आफैँ उपस्थित सर्लाही ।। सर्लाहीको धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षका निम्ति कारागार चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ ।न्यायाधीश सूर्यबहादुर थापाको इजलासले वडाध्यक्ष महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका निम्ति कारागार […]
मन्त्रिपरिषदको बैठक जारी जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिका बिषयमा छलफल काठमाडौं ।। मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।