

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष २०७९ साउन १९ गतेदेखि रिक्त थियो त्रिवि इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले ग्रहण गरे पदभार काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ । २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास विभाग […]
सुशासनमा सरकार केन्द्रित सुशासन कायम, न्याय र समृद्धिका पक्षमा काम गर्दै सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्ने भ्रष्टाचारको विषयमा सरकार गम्भीर देउखुरी ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका […]
डेंगी संक्रमितको संख्या १४ हजार नजिक १४ अगस्टसम्म १३ हजार ७९७ जना संक्रमित जुनयता मात्रै डेंगीका कारण १२ जनाको मृत्यु जेठयता साउन ३० सम्म ११ हजार ३७३ जनामा संक्रमण पुष्टि काठमाडौं ।। यो वर्ष डेंगी संक्रमितको संख्या १४ हजार नजिक पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार जनवरीयता १४ अगस्टसम्म १३ […]
सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्छ ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न हुँदैन लघुवित्तले ऋण दिएर पनि समस्या निम्तियो काठमाडौं ।। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना तिमिल्सिनाले सबैले ऋण लिएपछि तिर्नु पर्छ भन्ने चेतना फैलाउनु पर्ने बताएकी छन् । लघुवित्तका ऋणीको ऋण मिनाहा हुन्छ भन्दै कोही पनि हिँड्न नहुने […]
सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज छलफल बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल काठमाडौं ।। सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ । छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास […]
ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भए मुख्यमन्त्री उद्धव थापाले मण्डललाई गरे नियुक्त बाध्यात्मक अवस्थालाई टार्न रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाइयो विराटनगर ।। कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेश सभामुख विहीन छ । सत्तारुढ गठबन्धनले उपसभामुख […]
सप्तरीको विष्णुपुर गाँउपालिका कर्मचारी पाँच लाख घुससहित दुई जना पक्राउ सोलार बत्ती जडानबापत घुस काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस […]
श्रमिक र स्वरोजगार व्यक्तिहरु पनि औपचारिक हुने अनौपचारिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने सुरक्षा योजना सञ्चालन कार्यविधि मन्त्रालयबाट स्वीकृत श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा हुनुपर्ने काठमाडौं ।। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने […]
अनेरास्ववियुको बुटवलमा एक घण्टासम्म चक्काजाम पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुटवल ।। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस […]
सांसद गयानन्द मण्डल बन्ने भए राज्यमन्त्री कोशी प्रदेशसभा सभामुखविहीन भदौ १ गतेबाट प्रदेशसभाको बैठक हुने विराटनगर ।। सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ । गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको टीम झापा आउँने भएको छ । गत मंसिर ४ को निर्वाचनमा ७७ हजारभन्दा बढी मत ल्याएर तेस्रो बनेको पार्टीले झापामा सम्वोधन गर्ने कार्यक्रम तयार भएको हो । पाटीको प्रभाव विस्तार गर्न सभापति रवि लामिछानेकोे टीम झापामा दुइ दिन रहने छ । बिभिन्न दलका जिल्लास्तरीय सक्रिय नेता […]
सडक स्तारोन्नतिका नाममा सडकमा माटो हालेपछि… दुर्घटनाको जोखिम सुनसरी ।। इनरुवामा सडक मर्मतको लागि बाटोमा राखेको माटो, भारी बर्षाका कारण अस्तव्यस्त भइ दुर्घटना हुन सक्ने अवस्था सिर्जना भएको छ।अत्यधिक पानी परेकोले बाटो बनाउन त परै जाओस् मानिसहरु आवतजावत गर्न र गाडी गुड्न समेत असहज भएको प्रस्ट देख्न सकिन्छ । सडक स्तारोन्नतिका नाममा वर्षाको समयमा सडकमा […]