

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख तिलक परियारले आईतबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख परियारले बार्षिक १० हजारलाई रोजगारी दिने उद्देश्य अनुरुप ‘कर्णाली समृद्धि’ अभियान सञ्चालन गरिने बताए । […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुको प्रतिरक्षाका लागि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको टोलीले वकालतनामा लेखाएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार सुरु भएको थुनछेक बहसमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको प्रतिरक्षाका लागि कांग्रेस निकटको प्रजातान्त्रिक कानुन व्यवसायी संघ (डीएलए) को टोलीले तयारी गरेको छ । खाँणको पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि बहस गर्दैछन् । […]
काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारका लागि सरेको छ । संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो । यसअघि आइतबार बैठक सुरु हुनासाथ नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए । […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याऊन सरकारलाई आग्रह गरेको छ । नेपाललाई जातीय भेदभाव तथा छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा एउटा विज्ञप्ति निकाल्दै आयोगले दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न पनि भनेको छ । आयोगले विज्ञप्तिमा भनेको छ, ‘जातीय विभेद र छुवाछूतका सबै […]
काठमाडौं । भारत सरकारले उपहारस्वरुप दिन लागेका मुर्रा जातका राँगालाई कृत्रिम गर्भाधानका लागि पोखरा र लहानमा राखिने भएको छ । नेपाल ल्याएपश्चात् ती राँगालाई पशु सेवा विभागअन्तर्गत पोखरा र लहानमा रहेका भैँसी प्रजनन् केन्द्रमा राखिने पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई १५ […]
काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे ३१ जेठ (अर्को बुधबार) आदेश गर्ने भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले दुवै पक्षको बहसका लागि समय व्यवस्थापन गर्न आदेश दिँदै त्यो दिन मध्याह्नअघि बहस टुंग्याउन आग्रह गरेका हुन् । शुरुमा सरकारी वकिललाई २ दिन बहसका लागि […]
काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का तीन कर्मचारीको खोजीकार्य छ । गएको शुक्रबार गाडी नदीमा खस्दा त्यसमा सवार उनीहरू बेपत्ता भएका हुन् । उक्त गाडी पनि अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी एवं सूचना अधिकारी हरिकृष्ण केसीले जानकारी दिए । “बेपत्ताको खोजीकार्य छ, फेला […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले डेंगी रोगको रोकथामसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्ताव आइतबार संसद् सचिवालयमा दर्ता भएको हो । “डेंगु रोगको प्रकृतिअनुसार यो एक प्रकारको भाइरल इन्फेक्सन भएको, लामखुट्टेको माध्यमबाट यो एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रुप लिएको खण्डमा जनधनको अपूरणीय […]
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेलाई सोमबार बेलुका दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । बलात्कारको आरोप लागेका लामिछानेको पेसी जिल्ला अदालत काठमाडौंको असार २९ गतेका लागि सारेपछि क्यानले उनलाई दक्षिण अफ्रिका पठाउन लागेको हो । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटको तयारीका लागि नेपाली क्रिकेट टिम दक्षिण अफ्रिकामा छ […]
काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनीयताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथ लिइन् । महिला सदस्यको रुपमा ढुंगानालाई १४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको […]
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध प्रतिनिधिसभाका प्रतिपक्षी दल गोलबद्ध भएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका थिए । सोही विधेयक प्रमाणीकरणको प्रक्रियाविरुद्ध प्रतिपक्षी दलहरूले आइतबारको संसद् अवरोध गरेका छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठक ढिलो गरी सुरु भएको थियो । […]
काठमाडौं । सरकारले जे गरेपनि दर्शक बनेर हेरेर नबस्ने कुरा रास्वपाको रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ । सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना धारणा राख्दै राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी […]