

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर-भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए ३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने […]
काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान-अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ […]
काठमाडौं। हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ । […]
काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको उडानमा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ […]
दैलेख । लुकिछिपी यौन धन्दा सञ्चालन गरेको अरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका –१ मा रहेको ज्वालामुखी होटलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक दिपेन्द्र कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले होटलमा यौन धन्दा सञ्चालन […]
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो । ‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले […]
रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो। अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो। हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै […]
जापानमा हालै सम्पन्न जी–७ बैठकमा रुसमाथि थप कडा प्रतिबन्धहरू लगाइने घोषणा भएपछि रुसका प्रधानमन्त्री चीन भ्रमणमा गएका छन् । रुसी प्रधानमन्त्री मिखाइल मिसस्टिन बेइजिङ यसै हप्ता पुगेका हुन् । रुसले युक्रेनमा आक्रमण थालेयता पहिलोपटक रुसी शीर्ष नेता चीन भ्रमणमा गएका छन् । पश्चिमा प्रतिबन्धका बारेमा मिसस्टिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच छलफल भएको छ भने […]
विराटनगर । प्रदेश नामकरणको विरोधमा रहेका विभिन्न राजनीतिक दल र संघसंस्थाले कोशी प्रदेशको बजेट अधिवेशन आह्वान भएपछि विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेका छन् । प्रदेशको नाम पहिचानका आधारमा पुनः नामाङ्कनको माग गर्दै आएको प्रदेश १ पुनः नामकरण संघर्ष समितिले विराटनगर केन्द्रित आन्दोलन घोषणा गरेको हो । विज्ञप्ति जारी गर्दै पहिचान पक्षधरहरुले १४ जेठबाट प्रदेशसभा सचिवालय […]
जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ । लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरणमन्त्री बनाउने सहमति जुटाएको हो । पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा प्रहरी कुनै षड्यन्त्रको शिकार नभएको बताएका छन् । कोही पनि निर्दोष नफसुन्, दोषी नछुटुन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । आज बिहान गृह मन्त्रालयमा एमालेसम्वद्ध राष्ट्रिय युवा संघको ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाव र अवान्छित प्रभावबाट मुक्त रहेर अनुसन्धान गर्न […]
रासस काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल जगडोल सामुदायिक वन क्षेत्रमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्ने बताएका छन्। मन्त्रिपरिषद्ले स्मारक निर्माण गर्ने निर्णय गरेको १७ वर्ष पूरा गरेको अवसरमा आयोजित १७औँ स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू वन तथा वातावरण मन्त्री हुँदा पनि काम रोकिएर अलपत्र बनेको स्मारकको काम […]