

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको बताइएको छ। महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश […]
भैरहवा । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा […]
सुर्खेत। कर्णाली प्रदेशस्तरीय दलित महिलाको दुईदिने सम्मेलनले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणाको मागसहित सुर्खेत घोषणापत्र जारी गरेको छ। सम्मेलनले पाँचबुँदे प्रतिबद्धतासहित १६ बुँदे माग अघि सारेको छ। प्रदेश तथा स्थानीय तहले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणा गरी दलित महिला अधिकारका क्षेत्रमा काम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ। दलित महिला सङ्घद्वारा […]
काठमाडौं ।ओझा केवल सञ्चारमाध्यममा मात्र सीमित हुनुहुन्न । उहाँ वृत्तचित्र बनाउनुहुन्छ, सौन्दर्य प्रतियोगिताको निर्णायकको भूमिका पनि निर्वाह गर्नुहुन्छ । ओझा नेपाल टेलिभिजन संस्थानअन्तर्गतको समाचार च्यानलमा प्रत्येक बुधबार राति ९ः१५ बजे प्रसारण हुने कार्यक्रम ‘सचेतना’को कार्यक्रम प्रस्तोता एवं निर्देशक हुनुहुन्छ । सरोज डेढ दशकदेखि नेपाल टेलिभिजनका विभिन्न टेलिभिजन च्यानलका लागि बाहृय उत्पादकका रूपमा काम गर्दै आउनुभएको […]
काठमाडौं । यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो । […]
दाङ । गोदधारा घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी बस्ती हो । जुन बस्ती घोराही बजारदेखि करिब १० किलोमिटर दुरीमा अवस्थित छ । जहाँ करिब एक सय २० घरधुरीको बसोबास छ । खडेरी सुरु भएसँगै गोदधारामा खानेपानीको अभाव चुलिँदै गइरहेको छ । खडेरी सुरु भएसँगै गोदधारा बस्तीको पानीको धारामा पानी मुहान मात्रै होइन, बस्तीको […]
डा.डिजन भट्टराई । नयाँ वर्षको सुरुवातसँगै गायक प्रकाश सपूतको ‘सकम्बरी’ सार्वजनिक भयो । यस सिर्जनाका सम्बन्धमा विविध मान्छेका विविध प्रतिक्रिया सामाजिक सञ्जालमा असरल्ल छन् । यसमा विशेषतः महिलाको चरित्रलाई विद्रुपीकरण गरिएको भनेर आलोचना समेत छ भने म्युजिक भिडियोमा राखिएका संवादमा पुरुषले नै महिलालाई यस प्रकारको जीवन बाँच्नका लागि उत्प्रेरित गराएको प्रसंग छ । एकातर्फ महिलाले […]
काठमाडौँ । प्रहरीले खसी चोरेको आरोपमा रामेछापको खाँडादेवी गाउँपालिका–२ स्थित सित्खा बजारबाट युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिकाको मजुवा घर भएका ३० वर्षीय हिमाल तामाङ छन् । हिमालले चुल्ठेपानी स्थित मनोज बुढाथोकीको गोठबाट दुई वटा खसी चोरेको आरोप छ । चोरीको खसी सित्खा बजारमा बेच्दै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो […]
घोराही । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो । शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले […]
काठमाडौं, वैशाख ८ गते । केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। वायुको गुणस्तर यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखाएको छ । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा […]
सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । […]
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्। यात्रुले १० किलोमिटर कच्ची सडकको यात्रामा मोटरसाइकललाई एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलबाट यात्रा गर्दा यात्रुले एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सलीसल्लाबाट चङ्खेली गाउँपालिकाकाे केन्द्र पिप्लाङसम्म […]