

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
फ्रान्सको संसद् भवन अगाडि विरोध प्रदर्शन गर्न रोक लगाइएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोँले संसदमा मतदान विना नै निवृत्तिभरण अर्थात् पेन्सन सुधारको घोषणा गरेपछि फ्रान्सले त्यसपछि हुनसक्ने विरोधलाई ध्यानमा राखेर संसद् अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको हो । म्याक्रोँको सरकारले गएको बिहीवार कार्यकारी अधिकार प्रयोग गरी विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा […]
बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं–१५ स्थित डुमरबानामा सम्पन्न भएको प्रतियोगितामा सिमरा तेक्वान्दो डोजाङ प्रथम, बारा द्वितीय र धनुषा तृतीय भएको हो । प्रतियोगिताका विजयी खेलाडीहरूलाई मधेस प्रदेश तेक्वान्दो संघका महासचिव राजकुमार लामा, सिमरा तेक्वान्दो डोजाङका प्रमुख विजय शाह ठकुरी, पर्सा जिल्ला तेक्वान्दो संघका […]
काठमाडौं । रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएपछि चितवन २ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीसहित प्रमुख दलका नेताहरु चुनावी तयारीमा जुटेका छन् । रास्वपाले सभापति रवि लामिछानेलाई उमेदवार बनाउने यसअघि नै तयारी थालेको छ । सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार अर्को व्यक्तिका बारेमा अहिले कल्पना पनि गरिएको छैन । […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत […]
धरान । संसारमा नेपाल र नेपालीलाई वीरहरूको देश भनेर पहिलो पटक चिनाउने काम विश्व युद्धमा लडेका गोर्खाली सैनिकहरू हुन् । पहिलो विश्व युद्धको इतिहास मात्र छ । दोस्रो विश्व युद्धमा लडेका जीवित वीर गोर्खालीहरू अहिले पनि नेपालमा गुमनाम जीवन बिताइ रहेका पाइन्छन् । राज्यको ध्यान नगए पनि पछिल्लो समय उनीहरूलाई खोजेर सलाम र सम्मान गर्न […]
काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन्। शनिबार सम्पन्न १९औँ साधारणसभामा उी कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भए। उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन्। सङ्घ स्थापना हुँदा नै सदस्यमा रहनुभएका निरौला त्यसपछि कार्यसमितिमा […]
काठमाडौं । दक्षिण अमेरिकी देश इक्वेडर र पेरुमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इक्वेडरमा १३ र पेरुमा एक जना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समय अनुसार हिजो साँझ ५ बजे गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पपछि धेरै शहरका भवनहरू क्षतिग्रस्त भएका छन्। भूकम्पले भत्किएका घरमा केही मानिस […]
काठमाडौ । करिब १४ वर्षपछि आज त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। निर्वाचनका लागि मतदानको समय आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ। निर्वाचनका लागि त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले तयारी पूरा गरिसकेका छन्। यसपटक सबै विद्यार्थी सङ्गठनको एकमात्र एजेन्डा स्ववियु निर्वाचन भएपछि निश्चित भएको हो। पटक पटक घोषणा […]
विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) विजयी शुरुवात गरेको छ । विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल […]
विराटनगर । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले भोलि अर्थात् आइतबार वृहत प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र […]
इस्लामावाद । पाकिस्तानको तल्लो कोहिस्तानको पट्टन क्षेत्रमा एक घरमा आगलागी हुँदा एकै परिवारका १० जनाको मृत्यु भएको छ । सो दुर्घटनामा एक महिला, उनकी सासु, पाँच छोरी र तीन छोरासहित एकै परिवारका १० जनाको मृत्यु भएको हो। कोहिस्तान जिल्ला जसलाई अबसिन कोहिस्तान वा सिन्धु कोहिस्तान पनि भनेर चिनिन्छ यो एउटा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त भित्रको […]
सुनसरी । इटहरी उपमहानगरपालिकाको बाह्रौँ नगरसभा अनिश्चितकाको लागी स्थगित भएको छ । शुक्रवार लायन्स भवनमा बसेको बैठक कर्मचारीको आचार संहिताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर स्थगित भएको हो । नेकपा एमालेका बहुमत नगरसभा सदस्यले अवरुद्ध गरेपछि अनिश्चितकाकालागी स्थगित गरिएको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । सभा स्थगित पछि कार्यकक्षमा फेसबुक लाइभ मार्फत प्रमुख […]