March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४९
नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट : नेपालको विजय शुरुवात

विराटनगर । प्रथम रेडमण्ड नेपाल–भारत मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा नेपालको विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) विजयी शुरुवात गरेको छ ।

विसिसिएले ४ खेलको श्रृखलामा पहिलो खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनलाई ९ विकेटले पराजित गरि १–० को अग्रता लिएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित १७ ओभरमा ९ विकेट गुमाई ६६ रनको सामान्य स्कोर बनाएको थियो । भारतिय टोलीकालागि कप्तान रुतु भोस्लेले २० रन बनाउँदा दिक्षा सिंहले ११ रन बनाईन । नेपालकी अन्तराष्ट्रिय खेलाडी अस्मीता कर्मचार्यले ४ ओभरमा १ मेठन राख्दै ३ विकेट लिइन् । उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले १–१ विकेट लिइन् ।

जवाफमा ६७ रनको झिनो लक्ष्य पछ्याएको विसिसिएले १० ओभरमा १ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । विसिसिएका लागि नेपालकी विकेट किपर काजल श्रेष्ठले ३७ रनमा अविजित हुँदा अर्की अन्तराष्ट्रिय खेलाडी अपसरी वेगम ४ रनमा अविजित भइन् । त्यस्तै अन्तराष्ट्रिय खेलाडी सम्झना खडकाले २१ रन बनाएर आउट भइन् । भारतकी मिनाक्षी कबदालले १ विकेट लिइन् ।

चैत ७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा इन्डियाको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएन र विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिबीच मैत्रीपूर्ण प्रतियोगिता हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगिता ५० ओभरको १ खेल र ३ वटा टि२० प्रतियोगिता हुने छ ।

विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमिको तर्फबाट नेपाली टोलीकी कप्तान रुबीना क्षेत्रीले कप्तानी गरेकी छिन् । विराटनगरको तर्फबाट काजल श्रेष्ठ, सुबनम राई, अपना बेगम, कविता जोशी, सम्झना खड्का, अस्मिना कर्मचार्य, कविता गौतम, सानु राजवंशीलेलगायतका अन्तराष्ट्रिय महिला खेलाडीहरुले खेल्नेछन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अनुमागन गरिएको छ । प्रतियोगिताको विजेतासहित बेस्ट ब्याटर, बेस्ट बलर, बेस्ट प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट किपरले पुरस्कार पाउने बताइएको छ ।

 

  • साझा परिवेश
  • शनिबार, चैत्र ४, २०७९ १९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।