काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था […]
कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का […]
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पति विवरण सार्वजनिक हुने भएको छ । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् सदस्यहरूको विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । मन्त्री भएको ६० दिनभित्र सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउनुपर्ने कानूनी व्यवस्था छ । अहिलेको मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले एमालेका तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री तथा माओवादीका दुई जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्री बनाएका छन् । मुख्यमन्त्री कार्कीले एमालेका राम रानालाई अर्थ, पञ्चकर्ण राईलाई सामाजिक विकास, लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला र एकराज कार्कीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएका […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बैङ्क तथा वित्तीय संस्थाहरूको ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन्। फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ औँ वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। केही व्यक्तिहरूले ऋण मिनाहाको कुरा उठाएर ऋणीहरूलाई उक्साउने काम गरेको भन्दै उनले तर त्यो असम्भव कुरा भएको बताइन्। […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा विघटनको लाइनमा रहेको आरोप लगाएका छन् । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गर्ने लाइनमा हुनुहुन्छ । उहाँ पहिले आफूले […]
काठमाडौँ । गृह मन्त्रालयले ३ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खगेन्द्रप्रसाद रिजाललाई सरुवा गरिएको छ । उनी बागलुङमा कार्यरत थिए । बागलुङको प्रजिअमा नेत्रप्रसाद सुवेदीलाई पठाइएको छ । पर्वतको प्रजिअमा सहसचिव केदारनाथ शर्मालाई पदस्थापन गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शुक्रबार प्रजिअहरुको सरुवा तथा […]
पर्सा । आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोरालाई घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल […]
काठमाडौं । कीर्तिपुर नगरपालिका–१० नयाँबजार बस्ने २४ वर्षीय साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका दश जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आछाम बिरपद गाउँपालिका–१का २७ वर्षीय मोहन खड्का, आछाम कमलबजार–१ का २१ वर्षीय धुर्वबहादुर विष्ट, बझाङ दुर्गाथलि गाउँपालिका–७ का २० वर्षीय उपेन्द्र सिंह, बझाङ खप्तड छान्ना–५ का २१ वर्षीय […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् । उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति […]
प्रतिनिधिसभा बैठकको बस्दै नबसी स्थगित भएकाे छ। राजनीतिक दलबीच सहमति नजुटेपछि आइतबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएकाे हाे। आज बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएकोमा आइतबारसम्मका लागि स्थगित गरिएकाे हाे। प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाएका छन् । प्रधानमन्त्रीले आज साँझ ६ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सदनको अवरोधको विषयमा छलफल गर्न बोलाएका हुन् । कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, […]