टिकटकले अमेरिकामा प्रतिबन्धित हुन सक्ने ‘असंवैधानिक’ कानुनलाई अदालतमा चुनौती दिने बताएको छ। राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिएको विधेयकमा हस्ताक्षर गरेका छन्। टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो। तर, […]
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ४ रनले पराजित गरेको हो । दिल्लीले दिएको २२५ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै २२० रन बनाए पछि खेल ४ रनले हारेको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ […]
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक–दुई […]
यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको […]
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१७ प्रतिशतले बढेको छ । आज ३१३ कम्पनीका ७२ लाख ८४ हजार २७२ कित्ता सेयर ३६ हजार ३८३ पटक कारोबार हुदै २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रुपैयाँमा कारोबार […]
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेकाे सूचीमा नेपाल एसिया क्षेत्रतर्फ विजेता बनेको हो । यो अवार्ड अफ्रिकातर्फ यो अवार्ड नामिबिया, अमेरिकातर्फ बर्मुडा, युरोपतर्फ नेदरल्यान्ड्स र पूर्वी एसियातर्फ इन्डोनेसियाले यो अवार्ड जिते । २१ एसोसिएट राष्ट्रले मैदानभित्र र […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा ‘लू’बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले तराईमा तातो हावासँगै ‘लू’ चलेकाले सबैलाई बच्न आग्रह गरेको हो। ‘लू’ले गर्दा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप घट्ने, पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्दछ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट […]
काठमाडौँ । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो । कतारका अमीर शेख तमीम विन हमाद अल थानी […]
पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका–६ फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ् गरिरहेका ५ जना फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए । दुर्घटना लगत्तै नं. २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा तैनाथ विपद् व्यवस्थापन सहितको […]
काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमण पूरा गरेर स्वदेश फर्किनुभएकाे छ । उहाँ आज दिउँसाे स्वदेश फर्किनुभएकाे हाे । कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, […]
काठमाडौं : नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ। कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा आज ती समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल […]
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई मन्त्री बनाउँदै छन् । बिहीबार विश्वासको मत लिने तयारी गरिरहेका मुख्यमन्त्री कँडेलले त्यसअघि आज एक जना मन्त्री नियुक्त गर्ने भएका हुन् । माओवादी केन्द्रले परियारलाई मन्त्रीमा सिफारिस गरेपछि आज उनी मन्त्रीमा नियुक्त हुँदै छन् । उनलाई अहिले बिना विभागीय मन्त्री बनाइने भएको छ […]