काठ्माडौं, ९ वैशाख २०८१ । झापाका विभिन्न सहकारीको ३० लाख १६ हजार रूपैयाँ चोरी भएको घटनामा संलग्न रहेका ६ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले सहकारी चोरीमा संलग्न ६ जनालाई पक्राउ गरी आज आइतबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी कृष्णकुमार चन्दका अनुसार पक्राउ पर्ने ६ जना मकवानपुरका हुन्। […]
काठमाडौँ । रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । आठौँ नम्बरको सुनुवाइ सकिएपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा १२ औँ नम्बरमा रहेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको […]
काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । पछिल्ला केही दिनदेखि निरन्तर घटिरहेको शेयर बजार परिसूचक नेप्से आज आइतवार १२ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय ८४ दशमलव ४३ विन्दुमा पुगेको छ । आज बैंकिङ र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै दोल्ती पावर कम्पनीको शेयर […]
काठमाण्डाै – मागेजति मन्त्री नपाएपछि लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री जोखबहादुर महराले दुई जना मन्त्री बनाइदिने सहमति पालना नगरेको भन्दै जसपाबाट मन्त्री बनेका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिएका छन् । लुम्बिनीमा जसपाले दुई वटा मन्त्रालय पाउने सहमति भएको थियो । सहमति कार्यान्वयन नभएकाले सरकारबाट बाहिरिएको […]
काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर […]
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपालको दुई दिने भ्रमणमा आउने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर थानीले २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको […]
काठमाडौँ भित्रदै गरेको चामलको बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको खडन नगरपालिका– ११ बस्ने ४७ वर्षीय राम लोचन मुखिया र सप्तरीकै बरहथवा नगरपालिका– ११ घर भइ काठमाडौँ बस्ने वर्ष ४७ कै कमल अधिकारी रहेका छन्। प्रहरीले दुई वटा चामलको बोराभित्रबाट एम्पुल नामको आगुऔषध ट्याबलेट २ हजार ४ सय ७८ […]
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी सम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरिन् । पत्रकारिता पेसामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभएको प्रसंग कोट्याउँदै उनले […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ‘प्रचण्ड’ले पेलेस्टाइन विद्रोहीको आक्रमणमा परेर नेपाली विद्यार्थीले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त समेत गरे । “सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायबाट ‘सिक्दै कमाउँदै’ […]
धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकता नहुने बताएका छन् । आइतबार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । उनले भने- ‘अहिले वामपन्थी एकता होइन, राजनीतिक सत्ता समीकरणका रूपमा मात्र यसलाई हेरिएको छ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अमेरिकी पीआर लिएर सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पद लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको हो । उनीविरुद्ध यसअघि नै सुरक्षण मुद्रण केन्द्रमा अनियमितता गरेको आरोपमा दायर भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ । […]
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । ‘राष्ट्रिय सभामा उपाध्यक्षको जिम्मेवारी ग्रहण गरेपछि सो पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्दै म पार्टीका सबै जिम्मेवारीबाट अलग भएको […]