काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने भएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने बताए । ‘अब […]
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वासको मत लिँदै छन् । सत्ता गठबन्धनबाट बाहिरिएको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले पुनः विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिनकै लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी, नेकपा एमाले, […]
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज कोल्कोता नाइट राइडर्स र राजस्थान रोयल्स खेल्दै छन् । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि सुरु हुने छ । जारी आईपीएलमा शीर्ष र दोस्रो स्थानमा रहेका यी दुवै टिमको खेल रोचक हुने देखिएको छ । राजस्थान रोयल्सले अहिलेसम्म खेलेका ६ […]
काठमाडौं । नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले डिआइजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । एआइजीद्वय मिरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाँदैछन् । भण्डारी आज वैशाख ४ गते मंगलबार र चौधरी वैशाख ६ गतेबाट अवकाशमा जाने तयारीमा […]
काठमाण्डाै – पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढेको छ । गए रातिदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले भाउ बढेको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँ ९६ पैसा र डिजेलमा तीन रुपैयाँ ४६ पैसा बढेर आएको […]
काठमाण्डाै – सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ३९ हजार दुई सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो । […]
पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि आइतबारसम्म भएको घटनामा २८ जनाले चट्याङ लागेर ज्यान गुमाएका हुन्। पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ। बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठजनाको मृत्यु भएको छ […]
मुम्बई । बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चलाएको घटनामा संलग्न दुई जना सन्दिग्ध पक्राउ परेका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू दुवैलाई गुजरातबाट पक्राउ गरिएको हो । आइतबार बिहान खानको घरबाहिर गोली हानाहान भएपछि मुम्बई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको थियो । मुम्बई प्रहरीको अपराध शाखाको टोलीले संदिग्धहरूलाई गुजरातको भुजबाट पक्राउ गरेको मुम्बई […]
काठमाडौँ । चौधरी समूहले उत्पादन गरिरहेको वाइवाइले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) बिक्री गर्ने जानकारी दिएको छ । कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत वाइवाइको आईपीओ जारी गर्ने जानकारी दिएका हुन् । यसले नेपालका उत्पादनमूलक उद्योगहरु आईपीओतर्फ केन्द्रीत बनेको देखाउँछ । यसअघि युनिलिभर, बोटलर्स नेपाल, सर्वोत्तम सिमेन्ट, शिवम् सिमेन्ट र घोराही सिमेन्ट लगायत सेयर बजारमा […]
चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा […]
युवराज रेग्मी / गौरादह : झापा गौरादहका कलाकार किशोर दुलालले आफ्नो श्रब्यदृश्य गित “समर्पण” सार्बजनिक गरेकाछ्न । नयाँ बर्षको अबसर पारेर बैशाख १ गते दुलालले आफ्नो गित ” समर्पण” सार्बजनिक गरेकाहुन । नेपाली समाजको वास्तविक अबस्थाको चरीत्रचित्रण गरिएको गितमा समाजमा घट्ने घटनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । अक्सर नेपाली समाजमा आफ्नो श्रीमानको मृत्युपश्चात् महिलाले […]
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६.८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेको हो । सोमबार कारोबार रकम समेत २ अर्ब ७९ करोड ७५ लाखमा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार १३ […]