वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । उनले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । सोमबारको प्रदेशसभा बैठकमा भएको मतविभाजनमा उनको पक्षमा ५६ मत पर्यो । विपक्षमा ३७ र तटस्थ १५ सांसद रहे । बैठकमा १०८ सांसद उपस्थित थिए । वाग्मती प्रदेशसभामा ११० सांसद छन् । काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम […]
प्युठानमा ६ जनाको ज्यान जाने गरी भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन् । ललितपुरको महांकाल गाउँपालिका–३ घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ । ११ चैत २०७३ मा प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गर्न जाँदा घलेले चलाएको बा ८ च १५६१ नम्बरको स्कर्पियो […]
सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो । उम्मेदवारका रूपमा एकल सिफारिश भएपछि आफूले चुनावको तयारी थालेको तिम्सिनाले बताए । २०७४ सालको चुनावमा उनी क्षेत्र नं. २ ‘ख’ बाट प्रदेश […]
सोमबार नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय अनामनगरमा नेताहरूबीच हात हालाहाल भयो। केन्द्रीय समितिको बैठकअघि आफूहरूमाथि आक्रमण भएको केन्द्रीय सदस्यहरू रमेश विश्वकर्मा, रामलाल डगौरा थारू लगायतले दाबी गरे। टीकापुर नगरपालिकाका मेयर समेत रहेका थारूका अनुसार उनीहरूमाथि पार्टीका संरक्षक रेशमलाल चौधरीकै उपस्थितिमा कुटपिट भएको हो। उनले भने, ुमिटिङका लागि टीकापुरबाट यहाँ आएका छौँ। पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएकी छन् । सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा राजनीति हस्तक्षेपमुक्त नभएसम्म शिक्षा क्षेत्रको सुधार नहुने भन्दै विद्यालय र उच्च शिक्षालाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताइन् । मन्त्री श्रेष्ठले विद्यालयमा शिक्षक वा कर्मचारी राजनीतिक दलको आवद्धता हुन नहुने […]
नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन […]
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले कानुन बनाउँदा सबै वर्ग र भूगोललाई ख्याल गरिनुपर्ने बताएकी छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा विद्युतीय व्यापार सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिंदै उनले यस्तो बताएकी हुन् । राज्यले एकातिर १ सय रुपैयाँमा कम्पनी खोल्न सक्ने नीति लिएको छ । अर्कोतिर विद्युतीय व्यापार गर्नका लागि आफ्नै वेबसाइट, एप […]
आयरल्यान्ड वुल्भ्सविरूद्धको तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ ले २१४ रनको लक्ष्य दिएको छ। सिरिजको तेस्रो खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा २१३ रन जोडेको हो। नेपालले पछिल्लो पाँच ओभरमा ८४ रन जोडेको थियो। नेपालबाट आक्रामक रूपमा प्रस्तुत भएका आरिफले अविजित ९३ रन बनाए। उनले ४८ बलमा सात […]
संसदमा वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई कम्तीमा एकलाख मासिक तलब हुनुपर्ने माग उठेको छ। सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद रामकुमार राईले वैदेशिक रोजगारीमा जानेहरूको मासिक तलब एक लाख तोक्न माग गरेका हुन्। उनले विशेष समयमा रोजगारीमा गएकाहरूले काम नपाएर जेलमा जसरी बस्नुपरेको बताए। ‘वैदेशिक रोजगारीमा विशेष गरेर फ्री भिसामा जानेहरूलाई डेढ लाखदेखि दुई लाख […]
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल प्रहरीमा जनपद समूहमा हालै निस्किएको एसपीमा बढुवाको सिफारिसमा गठबन्धनमा रहेका दलहरूले भागबन्डा गरेर सुशासनको धज्जी उडाएको दाबी गरे। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले एसपी बढुवा सिफारिसमा सत्ता गठबन्धनका दलहरुबीच सिन्डिकेट भएको दाबी गरे। उनले प्रहरीका १२ जना डिएसपीबाट ८ जना एसपी बढुवामा सिफारिस निस्कँदा वरिष्ठतामा एक र ६ नम्बरमा […]
प्रहरीले मलंगवा नगरपालिका-९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन्। आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले कमर राजालाई मलंगवा नगरपालिका-९ स्थित सडकबाट पक्राउ गरेको हो […]
नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको पाइएको छ । आज अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच हात हालाहाल भएको हो । रेशम चौधरी दम्पत्तिबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटाकुट भएको छ । वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता पक्ष र नहुने रेशम पक्षबीच भएको विवादले कुटाकुटको अवस्था सिर्जना भएको […]