काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् । भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा रहेको बताएका छन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा थापाले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन् । ‘रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ,’थापाले बधाई […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरूद्धको रिटमाथि सुनवाइ जारी छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ भइरहेको छ। सो रिटको पेशी बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिएको थियो। सो दिन रिटमाथि सुनुवाइ नभएपछि शुक्रबारका लागि सारिएको थियो। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध रिट दायर गरेका थिए। आज सो रिटमाथि प्रारम्भिक […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्युगिनी (पीएनजी)ले यूएईलाई दुई सय ४७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पीएनजीले ९ विकेट गुमाएर गुमाएर दुई सय ४६ रनको योगफल तयार गर्यो। पीएनजीका शीर्ष तीन ब्याटरले उत्कृष्ट ब्याटिङ गरे पनि अन्य खेलाडीले त्यसलाई निरन्तरता दिँदा […]
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएका छिन् । नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ । नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् । […]
वडाध्यक्ष दीपेन्द्र ओलीले वडामा कानुनविपरीत हुने बालविवाह निषेध गरिसकेको बताए। ‘फागुन १२ गते बसेको वडा समितिको बैठकले वडाभित्र वैवाहिक कार्य गर्नुपर्ने भएमा त्यसपूर्व नै वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह गर्न पाइने गरी निर्णय गरेका छौं,’ वडाध्यक्ष ओलीले भने। दैलेख। दैलेखको गुराँस गाउँपालिका–८ ले बालविवाह रोकथाम अभियान स्वरूप वडाले वडा कार्यालयबाट अनुमतिपत्र लिएर मात्र विवाह […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमाथि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ। प्रचण्डविरूद्धको रिटको पेशी न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा छ। हिजो (बिहीबार) हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएन। द्वन्द्वकालीन घटनाका सम्बन्धमा दाहालको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर गरेका छुट्टाछुट्टै […]
काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेल पशुपतिनाथको दर्शन गरेका छन्। शुक्रबार बिहान पौडेल दर्शन गर्न पशुपतिनाथ पुगेका हुन्। पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका थिए। नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका हुन्।
चिनियाँ संसदले सी चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको छ। शुक्रबार नेशनल पिपुल्स कंग्रेसले मतदानमार्फत् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव चिनफिङलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनेको समाचार संस्था रोयटर्सले जनाएको छ। राष्ट्रपतिका लागि चिनफिङ एक्ला उम्मेदवार थिए। संसदका तीन हजार बढी सदस्यले विद्युतीय मतदान गरेका थिए। मतदान गर्न एक घन्टा लागेको थियो भने गणना सुरू भएको […]
काठमाडौं । पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व अपरिहार्य रहेको महिला पर्यटन व्यवसायीले औंल्याएका छन्। पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पोखरा, चितवन र नवलपुरका पर्यटन व्यवसायीसँग ‘व्यावसायिक अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरूले महिलाहरू स्वयम् व्यवसायी बन्नुपर्नेमा जोड दिए। गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवम् नवलपुर हुप्सीकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले देशको आर्थिक उन्नतिका लागि पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व […]
काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा तातेको छ। मन्त्रालयले बजेट वक्तव्यसँगै आउने आर्थिक ऐनमा समावेश हुने राजस्व नीति सुधार गर्न विभिन्न उपसमिति बनाएर छलफल अघि बढाएसँगै गैरकर बढाउने उपाय पनि खोज्न थालिएको छ। आर्थिक ऐनमा करका दर हेरफेर तथा सुधार, समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार, प्रक्रियागत सरलीकरणको नयाँ […]
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ। गत फागुन ३ गते बेलुकी बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। थप उपचारका लागि उनलाई फागुन ४ गते मुम्बई लगिएको थियो। सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको […]