काठमाडौं : राष्ट्रपतिका दुवै उम्मेदवारले मतदान गरेका छन्। आठदलीय गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्बाङले मतदान गरेका हुन्। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा मतदान जारी छ। मतदान दिउँसो ३ बजेसम्म चल्नेछ। राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । मतदानमा संघीय […]
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेकाले सम्पूर्ण राजनीतिक दलहरु एक भएर जानु पर्ने बताएका छन् । राष्ट्रपतिका लागि मतदान गर्न संसद भवन नयाँ बानेश्वर पुगेका नेम्वाङले पत्रकारसित भने, ‘यो देशका सम्पूर्ण राजनीति दलहरु एक ठाउँमा उभिनु पर्छ, तपाईंहरुले देखिराख्नुभएको छ, अहिले देश र जनताको अगाडि चुनौती छ ।’ चुनौतीबाट […]
काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाज काठमाडौं फर्किएर सुरक्षित अवतरण गरेको छ। उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि काठमाडौंबाट उडान भरेको केही समयमै काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी लालमणि आचार्यले जानकारी दिए। नागरिक उड्यान प्राधिकरणका एक अधिकारीका अनुसार सुरूमा इन्जिनमा आगो […]
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतखान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचन सकिएलगत्तै संसद […]
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा बुधबार बेलुका भएको ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । सल्यानको कुमाक गाउँपालिका ६ का ३२ वर्षीय टोपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचार गराइरहेका बिकको बिहीबार बिहान पौने १ बजे मृत्यु भएको हो । सडकमा काम गर्ने […]
काठमाडौं । राष्ट्रपति पदका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई नेकपा एमालेका सांसदहरुले पनि मत दिने विश्वास व्यक्त गरेका छन् । संसद भवन नयाँबानेश्वरस्थित निर्वाचनस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिंदै पौडेलले आफूलाई राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न सबैले सघाउने विश्वास व्यक्त गरे । राष्ट्रपति निर्वाचनमा पौडेल र नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ प्रतिस्पर्धामा छन् । पौडेलले आफू […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज र कल्याण बुढाथोकीले मंगलबार प्रचण्डविरुद्ध दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो। अधिवक्ता आरण र बुढाथोकीले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका छन्। १ माघ २०७६ मा माघीका […]
साढे दुई महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । जेठ […]
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसैगरी खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने विषय थप छलफलका लागि सम्बन्धित समितिमा […]
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ ।राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौं प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ । महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट […]
जोमसोम || मुस्ताङमा यो सिजनकै पहिलो हिमपात भएको छ । बुधबार बिहानदेखि मुस्ताङमा हिउँ पर्न सुरू भएको हो। हिउँ पर्न थालेपछि यहाँ किसान,पर्यटन व्यवसायी ,कर्मचारी र सर्वसाधारण स्थानीय खुसीले उत्साहित भएका छन् । उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म फुर्रर फुर्रर हिमपात भइरहेको छ । हिमपात भएसँगै,स्थानीयबासी ,कर्मचारी र पर्यटकहरु हिउँसँगै रमाउन थालेका छन् । मुस्ताङमा चालु […]