धरानमा कात्तिक ३ गते महिलाहरूको समूहले कुटपिट गरेर घाइते भएकी एक महिलाको महिना दिनपछि मृत्यु भएको घटनाको मुख्य आरोपी पक्राउ परेकी छन्। धरान उप-महानगरपालिका १३ की उषा राईको उपचारको क्रममा मङ्गलवार मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरू फरार भएका बताइएको थियो । ती मध्ये मुख्य आरोपी उर्मिला राईलाई पक्राउ गरिएको धरान प्रहरी प्रमुख एसपी प्रभु […]
ताप्लेजुङ । फुङलिङ नगरपालिकाले २०८० सालदेखि फुङलिङ नगरपालिकाका १०० वर्ष नाघेका जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ । हरेक वर्ष अक्टोवर १ तारिख अन्तर्राष्ट्रिय जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । फुङलिङ नगरपालिकाले यस वर्ष असोज १५ […]
काठमाडौं । पोल्याण्डमाथि प्रभावशाली जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकपमा आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान […]
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उनले जानकारी दिए । निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान […]
रासस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी […]
सुनसरी ।। सुनसरी ४ मा अव छ हजार मत गणना बाँकी रहेको छ। पछिल्लो मतगणना जारी रहेको सुनसरी( ४ मा कांग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की अहिले ९४ मतले अगाडि छन्। ६ हजार मत गन्न बाँकी हुँदा कार्कीले २८ हजार ९० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका जगदिश कुसियैतको २७ हजार ९९६ मत प्राप्त गरेका […]
भरतपुर महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ। महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो। महानगरपालिकाले मङ्गलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धीत धनीले नहटाए आफैले हटाउने जनाएको छ। संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असूल गर्ने सूचनामा उल्लेख छ। महानगरले सार्वजनिक जग्गामा स्वीकृति नलिई […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रतिप्रश्न गरेका छन् । ओलीले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक-पटक राज्य संरचनाको नेतृत्व लिंदा ओलीले नदेखेको टिप्पणी गरेका छन् । ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ […]
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा मगलबार काठमाडौंस्थित महामन्त्री गगन थापाको घरमा बधाई ज्ञापन गर्न पुग्नु भयो । काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताउनु भयो । आजै काठमाडौं आउनु भएका शर्मा विमानस्थलबाट सिधै थापा निवास रातोपुल पुगेर […]
आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर १३ गते मंगलबार इश्वी सन २०२२ नोभेम्वर २९ तारीख मार्गशीर्ष शुक्ल पक्ष षष्ठी तिथी श्रवण नक्षत्र धु्रव योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु (ज्यो.प. सरोज घिमिरे) मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कार्य […]
काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन आएपछि थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शनमा उत्रिएका छन् । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् । घरेलु […]
काठमाडौं । थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती सोमबार तनावग्रस्त देखियो । बस्ती हटाउन गएका महानगरका कर्मचारी र स्थानीयबीच झडपको स्थिति पैदा भयो । सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरे । त्यति मात्रै होइन उनीहरुले गृहमन्त्री र काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी पनि गरिरहे । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै […]