काठमाडौं । खाना पकाउने एलपी ग्यास अति प्रज्वलनशील पदार्थ हो । यसको प्रयोग गर्दा उच्च सावधानी अपनाउनुपर्छ । सम्भावित जोखिमबाट जोगिन ग्यास भरिएको सिलिन्डरलाई घामपानी, धुलो र उच्च ताप आउने स्थानमा राख्न नहुने नेपाल ग्यासले जनाएको छ । यस्तै, सिलिन्डरमाथि कुनै पनि किसिमको भाँडा, कपडालगायत सामग्री राख्न हुँदैन । सिलिन्डरमा सधैँ एनएस-बीआईएस चिह्न भएको गुणस्तरीय […]
काठमाडौं । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान पूरा गरेर प्रहरीले आज अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । पक्राउ परेका १६ सहित बाँकी फरार रहेकाविरुद्ध पनि मुद्दा चलाउनुपर्ने निष्कर्ष प्रहरीको छ । १०६ जना पीडित रहेको यो मुद्दामा पक्राउ परेका र फरारहरुलाई राज्यविरुद्धको अपराधसहित संगठित अपराध र ठगीमा मुद्दा चलाइने भएको छ । काठमाडौं प्रहरी […]
गोरखा । गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ७ स्थित बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएको छ । आइतबार बिहान करिब पौने ५ बजे माथिल्लो तलामा लागेको आगोबाट प्रशासन कक्ष, स्टोर र क्वाटरमा क्षति पुगेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगो निभाउन गोरखा नगरपालिकाको […]
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा […]
६ जेठ, जनकपुरधाम । जनकपुरमा काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसो देखेपछि उडान स्थगित भएको छ । शनिबार बिहान ८ : ३५ बजेको बुद्ध एयरको उडान नम्बर-५०२, ९एन-एजेएल विमानको उडान स्थगित भएको हो । जहाजमा मुसो खोज्ने काम भइरहेको बुद्ध एयरका एक कर्मचारीले बताए । ‘दुई जना यात्रुले मुसो देखेपछि कर्मचारीलाई रिपोर्ट गरे […]
सुनसरीको इनरुवा।। सुनसरीको इनरुवा चाेकमा लिच्ची बेच्न बसेका व्यापारी । ५०-५५ वटा दाना भएकाे एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् । तस्बिरः नवीन गड्ताैला, रासस
यदि तपाईं आफ्नो बच्चालाई कम उमेरमै स्मार्टफोन वा ट्याबलेट थमाउँदा उसको ज्ञानमा बढोत्तरी हुन्छ वा डिजिटल संसारका प्रति उसको बुझाइमा वृद्धि हुन्छ भन्ने सोच्नुभएको छ भने तपाईं भ्रममा हुुनुहुन्छ । एक अमेरिकी गैरसरकारी संस्था सेपियन ल्याब्सले लामो अध्ययनबाट निकालेको निष्कर्ष हो यो । उक्त संस्थाले सन् २०१६ बाटै मानिसहरुको मस्तिष्कलाई बुझ्ने मिसनमा काम गरिरहेको छ […]
६ जेठ, धनगढी । कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् । गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो । वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो […]
६ जेठ, काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् ।शरीरमा आगो […]
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित हाफ म्याराथन शुभारम्भ गर्दै उनले परिवर्तनको रक्षा गर्दै जनतालाई सेवा, सुशासन र विकास दिने संकल्पसहित यो पटक आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले विगतमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिने विश्वास […]
काठमाडौं : सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पदडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए। उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए। ‘सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट […]
काठमाडौं : भारतमा दुई हजारको नोट नचल्ने भएको छ। भारतीय रिजर्व बैंकले २००० को नोटलाई नचलाउने निर्णय गरेको हो। तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन्। भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी […]