१० वैशाख, बुटवल । पाल्पाको जोरधारामा बस खसेर दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस तिनाउ गाउँपालिका ५ जोरधारामा सडकबाट करिब २ सय मिटर तल खसेको हो । उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरी चौकी दोभानले जनाएको छ ।
बारा । बारा २ मा भइरहेको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मतदान केन्द्रहरूमा मतदाताहरू लाइन लागेर मतदान गरिरहेका छन् । यस क्षेत्रका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका छन् । यादव सप्तरी–२ का मतदाता हुन् । त्यसै गरी पुरुषोत्तम […]
काठमाडौँ । उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमध्ये आइतबार बिहान १० बजेसम्म चितवन २ मा सबैभन्दा धेरै मत खसेको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले चितवन २ मा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। सो क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा […]
काठमाडौँ । बारा –२ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीका अनुसार शान्तिपूर्ण भइरहेको निर्वाचनमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको हो । उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, […]
चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको छ । सहायक मतदान अधिकृत ईश्वरी आचार्यले बिहान १० बजेसम्म १७ प्रतिशत मतदान भएको जानकारी दिए । उनका अनुसार बिहानैदेखि चितवनमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफू एमाले फर्किन लागेका हल्लाबारे स्पष्टिकरण दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न त्यहाँ पुगेका नेता खनालले सो हल्लाबारे स्पष्टिकरण दिएका हुन् । कार्यक्रममा बोल्दै उनले आफू एमालेमा फर्किन लागेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे । उनले […]
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ को खप्टीनालामा स्थानीय महिलालाई आक्रमण गरेर मारेको बाघलाई प्राविधिक टोलीले नियन्त्रणमा लिएको छ । घाँस काट्ने क्रममा आक्रमण गरेर सोही ठाउँ बस्ने गंगा चन्दलाई लगेको बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले शनिबार बिहान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले […]
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) प्रदेश कार्यालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणलाई लिएर ज्यान मार्ने धम्की पत्र प्राप्त गरेसँगै केरेलामा उच्च सतर्कता अपनाउन थालिएको छ । प्रेषकको नाम र अन्य विवरणहरू सहितको उक्त पत्रमा अप्रिल २४ मा मोदीको कोची भ्रमणको क्रममा आत्मघाती आक्रमणको धम्की दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले चिठ्ठीमा उल्लेख भएका व्यक्तिको पहिचान […]
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा. डा. आरपी विछा र प्रभु बुढाथोकीलाई आयोग सदस्यमा नियुक्त गरेको हो । नवनियुक्त डा. रमेशचन्द्र पौडेल त्रिविको अर्थशास्त्र विभागका सहप्राध्यापक हुन् । उनले अष्ट्रेलिया नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि […]
हेटौंडा । आइतबार हुने प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत मतदानको समयमा ती क्षेत्रमा लामो दूरीका सवारीसाधनमात्र सञ्चालन हुन पाउने भएका छन् । बारा २, चितवन २ र तनहुँ १ मा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । तर, राजमार्ग क्षेत्रसमेत रहेका कारण यी क्षेत्रमा लामो दूरीका सवारी भने सञ्चालन हुनेछ । चितवनमा लामो दूरीका सवारी साधनलाई […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले नियमसंगत रूपमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन र सोको विवरण वेबसाइट तथा सूचना पाटीमा टाँस्न निर्देशन दिएका छन् । नयाँ शैक्षिकसत्र सुरु हुँदै गरेको परिपेक्षमा निजी तथा संस्थागत विद्यालयहरूले उपलब्ध गराउनु पर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध नगराए कानुन बमोजिम कारबाही हुने उनले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार […]