नयाँ दिल्ली भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्। भारतमा दैनिक संक्रमण दर ६.९१ प्रतिशत पुगेको छ। प्रत्येक १०० परीक्षणमध्ये करिब ७ जनामा रिपोट पोजिटिभ आएको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा ३३०५ नमूना परीक्षणमा ६९९ जनाको […]
एजेन्सी । उत्तर कोरियाले पानीमुनि आक्रमण गर्न सक्ने आणविक क्षमताको ड्रोनको परीक्षण गरेको छ । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम ‘केसीएनए’ का अनुसार यही अप्रिल ४ देखि ७ तारिखसम्म पछिल्लो परीक्षण गरिएको हो । हाएइल–१ नामको पानीमुनि आक्रमण गर्ने नयाँ ड्रोन प्रणालीको विकास गरेको खुलासा भएको हप्ता दिनपछि नै उत्तर कोरियाले हाएइल–२ को परीक्षण गरेको हो । […]
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार चेन्नई भ्रमणका क्रममा विशेष सेल्फी लिएका थिए । प्रधानमन्त्रीले तमिलनाडुको इरोडका भारतीय जनता पार्टी दिव्यांग कार्यकर्तासँग सेल्फी खिचे। प्रधानमन्त्री मोदीले ट्वीट गर्दै यसको जानकारी दिएका हुन् । उनले भने कि चेन्नईमा मैले बीजेपीको तमिलनाडु इकाईका कार्यकर्ता थिरु एस मणिकन्दनलाई भेटें। उनी कर्नाटकको इरोडका बासिन्दा हुन् र पार्टीका लागि बुथ अध्यक्षको रूपमा […]
प्रसिद्द अफगानी पप स्टार आरयना सइदलाई किम कार्डेशिन अफ अफगानिस्तान भनिन्छ। राजधानी काबुल तालिबानले कब्जा गरेपछि उनी अमेरिकी सैनिक जहाज चढेर कतारको दोहा पुगेकी छन्। ‘मेरो दुःखले भरिएका आँखामा बस्नू…’ भन्ने गीत गाएर युवामाझ लोकप्रिय भएकी आर्यनालाई देश छोड्ने रहर थिएन। तर उनका लागि यो बाध्यता थियो। आवश्यकता थियो। समयले दिएको र विगतले पढाएको पाठको […]
गुजरात आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ। चेन्नई सुपर किङ्ग्सविरुछ घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ। विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ। ‘केन प्रतियोगिताको सुरुमै घाइते […]
वासिङटन डिसी विगत दुई सातादेखि शृङ्खलाबद्ध आँधीका कारण आक्रान्त भएका अमेरिकाका विभिन्न राज्यको जनजीवन सामान्य बन्न नपाउँदै मिसौरी राज्य फेरि आँधीको चपेटामा परेको छ। आज बिहानै आएको आँधीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आँधीले ग्लेन एलेन गाउँमा महाविनाश भएको छ। देशका आठ राज्यमा आएका दर्जनौँ आँधीका कारण […]
दक्षिण अफ्रिका दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ इरास्मसले प्लेन ११ हजार फटको उचाइमा उडाइरहेका थिए। सोही समयमा उनलाई प्लेनमा गोबन सर्प भएको थाहा भयो। उनी बसेको सिटमुनि गोबन सर्प भएको थाहा पाउँदाको समयको बारेमा बोल्दै उनले भने, ’इमानदारीपूर्वक भन्नुपर्दा, मेरो दिमागले के भइरहेको थियो बुझ्न सकेन। यो डरलाग्दो क्षण थियो।’ पायलट रुडोल्फले ढाडमा चिसो चीजको स्पर्श […]
काठमाडौं बंगलादेशको राजधानी ढाकास्थित बंगबजारमा आगलागी भएको छ । मंगलबार बिहान ६ बजेतिर लागेको आगो नियन्त्रणको प्रयास जारी छ । आगो निभाउन ५० युनिटलाई परिचालन गरिएको र पानीको कमी लगायतका कारण नियन्त्रणमा लिन कठिनाइ भइरहेको ढाका ट्रिब्युनले जनाएको छ । इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले आगो नियन्त्रणका लागि एक हेलिकोप्टरसहित बंगलादेशका स्थल र वायु सेनाको […]
वासिङटन डिसी ट्विटरका सिइओ एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन्। उनले मंगलबार बिहान चर्चित ब्लू बर्ड लोगो परिवर्तन गरेर कुकुरको तस्बिर राखेका छन्। ट्विटरको यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् । यद्यपि यो परिवर्तन ट्विटरको वेब पेजमा छ र हाल प्रयोगकर्ताहरूले ट्विटर मोबाइल एपमा ब्लु बर्ड मात्र देखिरहेका छन्। ट्विटरका सीईओले मार्च २६, […]
काठमाडौं भारतका पूर्व क्रिकेटर सलिम दुरानीको निधन भएको छ । आफ्नो पालामा अलराउन्डर क्रिकेटरको पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा निधन भएको हो । आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएको ईएसपीएनले जनाएको छ ।
काठमाडौँ संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध न्युयोर्कस्थित अदालतमा आपराधिक अभियोग दर्ता भएको छ । राष्ट्रपति भएपछि अमेरिकाको कुनै पनि अदालतमा आपराधिक अभियोग दर्ता भएका उनी पहिलो पूर्वराष्ट्रपति हुन् । हालसम्म उनीविरुद्ध कतिवटा अभियोग लगाइएको छ भन्ने स्पष्ट नभए पनि २०१६ मा राष्ट्रपतिको निर्वाचन ताका पूर्वपोर्नस्टार स्ट्रोमी ड्यानियल्सलाई चुप लगाउन १ लाख ३० हजार अमेरिकी […]
मनिला दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। उद्धारकर्मीहरूका अनुसार १४ जना घाइते भएका छन्भने सात जना अझै हराइरहेका छन्। गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र २९० जना यात्रीलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन्। लेडी मेरी जोय–३ नामको […]