मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान देश कस्तो बनाउने भन्ने खाका प्रस्तुत गर्न चुनौती चुनावको नभएर देश र नागरिकको भविष्यको चिन्तन गर्नुस् काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिसन-०८४ छाडेर भिजन ०९५ मा लाग्न आह्वान गरेका छन् । अछाम […]
६ जना नेपालीको शव पठाउन रूस सरकारसँग आग्रह शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध एनओसी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई मन्त्रालयले अनुरोध काठमाडौं ।। नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई […]
प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परे बीपी राजमार्गबाट नियन्त्रणमा लिइयो चिट काट्न खोज्दा आवेशमा आएर अपशब्द प्रयोग काठमाडौं ।। आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–८ का ५९ वर्षीय सानुकान्छा तामाङ छन् । सोमबार बिहान उनलाई धुलिखेल नगरपालिका–११, काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले […]
ओलीले बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरे केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । महाकाली–मेची […]
अर्थमन्त्रीद्वारा अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी राम्सुरो सुधार आउन अझै केही समय लाग्ने घरजग्गाको कारोबारमा सुधार हुने चितवन ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको जानकारी दिएका छन् । मंगलबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रले लय समाउन थालेको बताए । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) […]
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । सरकारको निर्णयमा सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयमा न्यायाधीश विनोद शर्माको इजलासले १४ रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश […]
विप्लब सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी ३५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश सुसम्बन्धमा खलल पारेर राज्य विरुद्धको कसुर अभियोग काठमाडौं ।। जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको […]
डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगे मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरे कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस काठमाडौं ।। वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् । डा. पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरेका हुन् । सर्वोच्चले उनको मुद्दामा मंसिर […]
धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगियो केसी र मियाँले १०-१० लाख र महर्जनले १५ लाख रुपैयाँ धरौटी बुझाए अनुसन्धान गर्दा थुनामै राख्नुपर्ने देखिए उनीहरू बाहिर निस्कन नपाउने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेकाहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लगिएको छ । सोमबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीयसचिव नरेन्द्र केसी, हज […]
टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै गरियो रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर नागरिकको गोपनीयता हनन हुनु भनेको राष्ट्रिय सार्वभौमिकताकै लागि चुनौतीको विषय काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल टिकटकका गतिविधि नियमन गर्न सम्भव नभएकाले प्रतिबन्ध नै लगाउनुपरेको बताएको छ । टिकटक प्रतिबन्ध विरुद्ध परेका रिट […]
नेपाल-भारत सीमानामा रहेका स्तम्भ मर्मत सुरु बाट आज एक समारोहबीच मर्मत शुभारम्भ रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन झापा ।। झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमानामा रहेका तीन सय १७ वटा सीमा स्तम्भ मर्मत आजदेखि सुरु भएको छ । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित-२ गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा-७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ […]
पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ मन्त्री गणेश उप्रेतीले शौचालय निर्माणको बजेट कटौती गर्ने विराटनगर ।। एउटै शौचालय निर्माणका पाँच करोड विनियोजन गरेपछि आलोचित बनेको कोशी प्रदेश सरकारले सो बजेट कटौती गर्ने भएको छ । इलामको श्रीअन्तुमा शौचालय निर्माणका लागि कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ […]