काठमाडौँ । सरकारले ३३ वटा निर्माण कम्पनीको इजाजत पत्र खारेज गरेको छ । पटक पटक नवीकरण गर्न दिएको निर्देशनलाई अवज्ञा गरेपछि यी कम्पनीहरूको इजाजत पत्र खारेज गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार सूचना प्रकाशित गर्दै निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम नवीकरण नगर्ने कम्पनीको स्वतः इजाजत पत्र […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिचानवादीले बाटो छेकेका छन् । अध्यक्ष ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशीप्रति असहमति राख्दै आएको समूहबीच झडप समेत भएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीका अनुसार एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरुलाई १०० […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेको ग्रासरुट अभियानमार्फत पार्टीलाई चलायनमान बनाउन सबै कार्यकर्तालाई आग्रह गरे। एमालेलाई सिध्याउन गरिएको मोर्चाबन्दीलाई परास्त गर्दै देशले भोगिरहेको वर्तमान समस्यालाई समाधान गर्न लागेको उनले बताए। […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन लागेको कार्यक्रम बिथोल्न खोजेकोप्रति एमालेले आपत्ति जनाएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेले पार्टी अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेकोप्रति आपत्ति जनाएको हो । बैठकमा प्रमुख सचेतक पदम गिरीले भने, ‘काठमाडौंबाट झापाको भद्रपुर विमानस्थल पुगिसकेको अवस्थामा त्यहाँबाट कार्यक्रमस्थल बुधबारेतर्फ जाने क्रममा कार्यक्रमस्थलमा पुग्नै लाग्दा त्यहाँभन्दा बाहिर […]
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ सरस्वतीनगरमा निरा पाण्डे आचार्यको सात दिन अघि हत्या भएको विषय संसदमा उठेको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसदहरु बिजुला कुमारी रायमाझी र गगन कुमार थापाले सो हत्याकाण्डको सत्यतथ्य पत्ता लगाउन, प्रहरी अनुसन्धानलाई प्रभावकारी गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सांसद रायमाझीले मातातीर्थ औसीको दिन […]
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको छातीमा जमेको पानी निकालिएको छ। भारत नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचाररत पौडेलको छातीको बायाँ भागबाट दोस्रो पटक पानी निकालिएको हो। मंगलबार साँझ १ सय २५ एमएल पानी निकालिएको उपचारका संलग्न चिकित्सकलाई उद्धृत गर्दै भ्रमणदलका सदस्यले बताए। राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । ‘कान्तिपुर इकोनोमिक समिट–२०२३’ लाई आज सम्बोधन गर्दै उनले केही क्षेत्रमा गुणात्मक परिवर्तन भए पनि उत्पादन र उत्पादकत्व वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जनाका क्षेत्रमा चुनौतीको सामना गर्नु परिरहेको बताए […]
काठमाडौँ । विद्युतको तार भूमिगत (अण्डरग्राउण्ड) गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच टसल देखिएको छ । वि.स २०७६ को फागुन ५ गतेदेखि काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कामको थालनी भएको थियो । तर विद्युतीय तार भूमिगत गर्न सुरुवात गरिएको ४ वर्ष बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन । विद्युतीय […]
काठमाडौं । राष्ट्रिय सभाले संसदीय सुनुवाइ समितिमा सदस्यहरुको मनोनयन गरेको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकले संसदीय सुनुवाइ समितिमा ३ जना राष्ट्रिय सभा सदस्यहरुलाई मनोनयन गरेको हो । समितिमा राष्ट्रिय सभा सदस्यहरु रमेशजंग रायमाझी, देवेन्द्र दाहाल र जगप्रसाद शर्मा रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम बैठकमा जानकारी […]
काठमाडौं। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने बताएका छन् । बुधवारको राष्ट्रिय सभा बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने धारणा राखेका हुन् । उनले समानुपातिक, समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गर्नुपर्ने बताए । त्यस्तै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको क्रमशः १६५ र ३३० […]
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) ले ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी एनएफपिजेले फोटो पत्रकारिता दिवस मनाएको हो । दिवसका अवसरमा फोटो पत्रकार उषा तितिक्क्षु र सगरमाथा आरोहीसमेत रहेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सो सम्मान […]
काठमाडौं । राष्ट्रियसभा सदस्य डा विमला पौडेल राईले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे सदनमा जानकारी गराउन सरकारसँग माग गरेकी छिन्। बुधबारको बैठकमा बोल्दै उनले राष्ट्रपति देशको अभिभावक भएकाले स्वास्थ्य अवस्थाबारे नागरिकले थाहा पाउनुपर्ने बताइन्। ‘हाम्रो राष्ट्रपति १० दिनदेखि भारतमा उपचार गराइरहनुभएको सुनेका छौं । के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुँदैन थियो? स्वास्थ्यमा […]