भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका […]
काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकलाई अहिलेको संकटबाट मुक्त गर्न राष्ट्रवादी ,सनातन हिन्दुवादी पक्षधर शक्तिहरू केही मतभिन्नता र असमझदारीलाई थाती राखेर एक ठाउँमा उभिन अब ढिलाइ गर्न नहुने बताएका छन्। नयाँ बर्षको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै थापाले मुलुकको हित र बृहत्तर लक्ष्य प्राप्तिको निमित्त सबै आ-आफ्नो ठाउँबाट लचकता अपनाउँदै […]
काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो। ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ भारत भ्रमणमा निस्किने अन्तिम तयारीमा छन् । प्रधामन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारत नै हुने बताएका प्रचण्ड चीनको निम्तिलाई समेत आनाकानी गर्दै अन्ततः भारत भ्रमणमा निस्किने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ वैशाख तेस्रो साता तिर भारत भ्रमणमा निस्किने भएका छन् । भारतीय समकक्षी […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् । उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको […]
काठमाडौं । सरकारको हालसम्मको कूल बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड रूपैयाँ नाघेको छ। महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल ६ हजार ५ सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु साढे ९ खर्बभन्दा बढी देखिएको हो। हालसम्मको कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घुस खाने मान्छे शानले हिँडेको देखेर आफूलाई लाज लाग्ने बताएका छन् । तनहुँ १ का रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कुनै पनि मान्छेले घुस खायो भन्दा पनि त्यो सानले हिँड्न सकेको देखेर मलाई लाज लाग्छ । म आफ्नो सिर झुकाउँछु। घुस खायो […]
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गरेका छन्। उनले महानगर प्रमुख बालेन शाहको यो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताए। उनले फेसबुकमा लेखेका छन्, ‘कामपाले सिंहदरबार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।’ उनले सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता […]
काठमाडौं । गोविन्दराज जोशी र उनका छोरा दीपकराजले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतसँग भेटेर कुराकानी गरेका छन्। पृथ्वी राजमार्गअन्तर्गत चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ होटलमा बिहीबार बिहान जोशी र लामिछानेलगायत बीच भेटवार्ता भएको हो। जोशी समूहसँग उपनिर्वाचन लगायतका विषयमा कुराकानी गरिएको रास्वपाका एक केन्द्रीय सदस्यले सेतोपाटीलाई बताए। ‘उपनिर्वाचनमा उहाँहरूले तनहुँ-१ मा हाम्रा उम्मेदवार […]
काठमाडौं । थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १४८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५४१ र एन्टीजेनबाट ९४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो। यो अवधिमा ७४ जना संक्रमित […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पाँचौं दिन पनि सिंहदरबारको फाहोर उठाएको छैन। महानगर प्रमुख बालेन शाहको निर्देशनका कारण बिहीबार पनि सिंहदरबारको फाहोर नउठाएको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए। सिंहदरबारसँगै प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासको फोहोर पनि आइतबारदेखि नै उठेको छैन। ‘महानगरले नभनेसम्म हामी फाहोर उठाउन सक्दैनौं,’ घिमिरेले भने। घिमिरेका अनुसार […]