काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले छलफल गरेका छन् । आज बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारी, पूर्वपदाधिकारी र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारी उपस्थित थिए । भेटमा प्रधानमन्त्री दाहालले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय प्रणालीमा सुधारका लागि बारले खेलेको भूमिकाको प्रशंसा गरे । छलफलमा […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सर्वोच्च अदालको अल्पकालीन अन्तरिक आदेशले रोकिएको स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि पुनः आवेदन माग गरेको छ । बोर्डले ३० चैत बिहीबार एक सूचना प्रकाशित गर्दै २ असोजमा प्रकाशित सूचना अनुसार आवेदन ४५ दिन म्याद रहेकोमा १० दिन अगाडि सर्वोच्च अदालको अल्पकालिन अन्तरिम आदेश आएर आवेदन रोकिएकोले अब १० […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने भएको छ । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने छ । अध्यक्ष पदमा रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ बीच प्रतिस्पर्धा छ । अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत […]
काठमाडौं । न्यायपरिषद्का न्यायाधीश भुवन गिरीमाथि कान्छी पत्नी आरती रावलले अर्को जाहेरी दर्ता गरेकी छन् । उनले आफूमाथि श्रीमानले फेरि बलात्कार गरेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र कालीमाटीमा हिजो जाहेरी दिएकी हुन् । ३९ वर्षीय रावलले यसअघि गिरीमाथि वैवाहिक बलात्कार तथा घरेलु हिंसा गरेको आरोपमा जिल्ला प्रहरी कपिलवस्तुमा जाहेरी दिएकी थिइन् । […]
काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला–गगन थापा समूह छलफलमा जुटेका छन्। आफ्नो समूहले कम्तिमा ३ मन्त्री पाउनुपर्ने अडान बमोजिम उनीहरु आज छलफलमा जुटेका हुन् । एक पदाधिकारीका अनुसार धनराज गुरूङ र डिगमान लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येबाट मन्त्री चुनिने सम्भावना छ। कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको छ। कोइराला–थापा […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्र सरकार र काठमाडौं महानगरपालिका दुवै सच्चिनुपर्ने बताएका छन्। बिहीबार कोइरालाले महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब भएको टिप्पणी गरेका हुन्। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले केही दिनअघि केन्द्र सरकारले समन्वय नगरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मेघ आलले पार्टीले समानुपातिक प्रणालीको विधि उल्लंघन गरेको भन्दै पार्टी नेतृत्वविरुद्ध निर्वाचन आयोगमा उजुरी दिने भएका छन्। जनजातितर्फको दुई नम्बरमा रहेको कारणले आफूलाई सांसद बनाउनुपर्ने उनको दाबी छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो प्रकरणमा बिहीबार रास्वपाले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेसँगै ढाकाको ठाउँमा बिन्दबासिनी कंसाकारलाई […]
काठमाडौं । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनसहित कानून व्यवसायीहरुले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन्। प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ । सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ । बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नाे नभएको जिकिर गरेको बताए । व्यवसायी दुर्गा […]
काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका जातीय संगठनका व्यक्तिहरुले प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौंस्थित निवासमा तोडफोड गरेका छन् । बुधबार विहान पेप्सीकलोस्थित राजभण्डारीको निवासमा छापामा शैलीमा केही व्यक्तिहरु प्रवेश गरेर तोडफोड गरेको एमालेले जनाएको छ । एमाले सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलाले विज्ञप्ति जारी गर्दै जन प्रतिनिधिमाथि भौतिक आक्रमण भएको भन्दै […]
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ। त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम छिटै तय हुने […]
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले […]